१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्टरनेश्नल कराते प्रतियोगितामा कपिलवस्तुका तिन खेलाडी विजयी



सनिउल्ला धोबी, कपिलवस्तु ।
यही माघ १५र १६ गते काठमान्डौको सात दोबाटोमा भएको इन्टरनेश्नल कराते प्रतियोगितामा कपिलवस्तुको बुद्धशक्ती कराँते डोजो (क्लब)ले शानदार जित निकालेको छ । नेपाल, भारत, बङ्गलादेश र भुटान बिच भएको इन्टरनेश्नल कराते प्रतियोगितामा चालिस केजी समुहका तिन खेलाडी विजयी भएका हुन् ।
कपिलवस्तुबाट ४ खेलाडी सहभागी भएका थिए । जस मध्ये ३ जनाले पदक जितेका हुन । कपिलवस्तुकी कराँते खेलाडी सविना बुढा मगरले ४० के.जी समुह अन्तरगत झापाका खेलाडीलाई पछी पार्दै वियजी भई जित्ना सफल भएकी हुन । उनले स्वर्ण पदक जित्दै प्रथम भएको बुद्धशक्ती कराते डोजो चन्दौटाका प्रशिक्षक नवराज पौडेले जानकारी दिनु भयो ।
त्यस्तै कपिलवस्तुका सुरेन्द्र थारु ४० केजी समुह अन्तरगत भारतका खेलाडीाई पराजीत गर्दै रजत जितेको प्रशिक्षक पौडेले जानकारी दिनुभयो । थारु दुतिय स्थान हासिल गरेका हुन । त्यसै ३५ केजी समुह अन्तरगत काठमाण्डौको खेलाडीलाई पराजित गर्दै कपिलवस्तुकै शनी थापा मगर कास्य जित्दै तेस्रो भएका छन ।
कपिलवस्तुका खेलाडीहरु इन्टरनेशनल प्रतियोगीतामा सहभागी भएको भन्दै कपिलवस्तुवासीहरु खुसी भएका छन । कराँते खेलाडीहरुले स्थानियको सहयोग विना काठमाण्डौमा विजय भए उनीहरुलाई प्रोत्सहान र संरक्षण गर्ने निकायले ध्यान नदिएको माधव बेल्वासेले बताउनुभयो ।

प्रकाशित मिति : १७ माघ २०७४ बुधबार ००:००  २ : २२ बजे