२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गहुँ बालीमा फौजी कीराको आक्रमण, किसान चिन्तित



नवलपरासी, २० पुस ।
गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् ।
गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ । प्रकोपका कारण गहुँ उत्पादनमा ह्रास आउने देखिएको छ । गहँु उत्पादनका लागि उर्वर मानिएको नवलपरासीमा यस वर्ष फौजी कीराको प्रकोप रामग्राम नगरपालिकाको पश्चिम क्षेत्रमा देखिएको छ ।
आर्मी वर्म नामक फौजी कीरा विशेषगरी रातिमा सक्रिय हुन्छ । किसानले दिउँसोको समयमा विभिन्न कीटनाशक औषधि प्रयोग गर्ने गरेका छन् । फौजी कीराले गहुँको पात काटेपछि गहुँको बोट खैरो हुँदै सुक्ने गरेको रामग्राम नगरपालिका–१६ का राजेन्द्र खवासले बाउनुभयाभयो ।
एक बिगाहा क्षेत्रफलमा गहँु खेती गर्नुभएका रामग्राम नगरपालिका पजरकट्टीका दीपेन्द्र पाण्डे फौजी कीराको प्रकोप देखिएको बताउनुहुन्छ । गहुँ बढ्ने समयमा किराले पात काट्न थालेको उहाँले बताउनुभयो । गत वर्ष समेत फौजी कीराकै कारण गहुँ उत्पादनमा कमी आएको थियो ।

प्रकाशित मिति : २० पुस २०७४ बिहिबार ००:००  १ : ४१ बजे