२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

चारैतिरबाट किसान मर्कामा



दीपा महत, निग्लिहवा, २३ पुस ।
कपिलवस्तु नगरपालिका ९ का किसान शिवपुजन बरईको खेतमा लटरम्म टमाटर फलेका छन् । बन्दा, फूलगोभी, धँनिया, भान्टा पनि उत्तिकै मात्रामा छ । टमाटर फुलखेल्ने अवस्थामा छ भने सिमि, बोडी, करेला पनि हुँर्कदो अवस्थामा देख्न सकिन्छ । जसरी बरई आफुले गरेको मेहनत देखेर खुसी देखिन्छन उत्तिकै बढी चिन्तामा पनि छन । “अहिले सम्म मल पाइएको छैन, विउविजन पनि गुणस्तरहिन हुँदा आपत उस्तै छ उनले गुनासो गर्दै भने, हामी किसानको जीवन सधै चिन्तामा वित्ने भो ।” बरईले पुर्खौ देखि तरकारी खेती गर्दै आएका छन ।

आफ्ना बुवाले अगाल्नुभएको पेशा आफुले पनि अँगालेको उनले बताए । ‘म ३५ बर्षको भएको छु यहि तरकारी खेती बाहेक दायाबायाँ लागेको छैन उनले भने ।’ पुर्खौ देखि तरकारी व्यवसाय गरेपनि उहाँको जीवन भने फेरिएको छैन । घरको स्थिती पहिले जस्तै छ भने छोराछोरीले सरकारी विद्यालयमा पढेका छन् । ‘ तरकारी व्यवसाय गरेर जीवन कहिले फेरियला म त सपना देख्छु’ उनले भने ।

बरई जस्तै अर्का कृषक श्रीप्रसाद मौर्या पनि व्यवसायिक तरकारी खेती गर्न लागेको तीन दशक वितेको छ । पन्ध्र कठ्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आएका छन । बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन पनि बरईको जस्तै छ । बर्षभरी तरकारी खेती ग¥यो आम्दानी सापोनापो मात्रै उनले भने, ‘तरकारी फलायो फलायो मूल्य नपर्ने, समयमा मल नपाइने, विचमा विचौलिया हावी हुदाँ लगानी पनि उठ्न सक्दैन ।’

अहिले पनि बजारमा पाइने सबैथरीका मौसमी तरकारी उनले उत्पादन गरेका छन । तर उनको मनमा खुसी भने छैन भन्छन्, “मल नपाइनाले निकै दुख पाइएको छ” । भारतबाट चर्को मूल्यमा ल्याइने मल प्रयोग गर्न आफु बाध्य भएको उनले गुनासो गरे । जेनतेन उत्पादन गरेको तरकारी पनि बजार सम्म पु¥याउन निकै कठिन भएको उनीहरु बताउँछन ।

बरई र मौर्या त यहाँका प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । जिल्लामा व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरुले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा मलखाद र वीउ नपाइनु, सिंचाई सुविधाको अभाव हुनु, विक्री केन्द्र नहुँनु र विचमा विचौलिया हावी हुँदा किसान मर्कामा पर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समय व्यवसायिक तरकारी गर्ने कृषकको संख्यामा बृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नपा वडाको वडा नम्बर ३, ४, ५, बुद्धभुमि नपाको बुड्ढी, शिवराज नपाको शिवपुर, चन्द्रौटा, वाणगंगा नपाको मोतीपुर लगायतको स्थानमा व्यवसायिक तरकारी खेती हुदै आएको कार्यालयले जनाएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै विक्री हुने गरेपनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छ । सडकको राम्रो पहुँच नहुँदा दक्षिणी भेगका किसान मर्कामा पर्ने गरेका हुन । यहाँ झण्डै ३४ सय हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७४ आइतबार ००:००  ३ : २८ बजे