परासी, २५ पुस ।
भैरहवा–भूमही सडक खण्डमा पर्ने पश्चिम नवलपरासीको परासीमा मंगलबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन । एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
परासीबाट भूमहीतर्फ जाँदै गरेको लु १ ख ९२३६ नम्बरको माइक्रो बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९२४५ नम्बरको ट्रकसँग रामग्राम नगरपालिका रानिपाकडमा ठोकिन पुग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा बसका सहचालक रामग्राम नगरपालिका ५ परासीका २६ वर्षीय जितेन्द्रकुमार पाण्डे र बसमा सवार रामग्राम नगरपालिका २ पुरानो बैंकटोल बस्ने ३५ वर्षीय अरविन्द ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको हो ।
दुर्घटनामा परी बस चालक रामग्राम–१६ का हरिनारायण केवटको अवस्था गम्भीर रहेको छ।उनको क्रिश्मन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । घाइते अन्यको पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२५ पुस २०७४ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया