२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

जिल्ला बन र साझेदारी बनको लार्पबाहीले लाखौं मुल्यका काठ कुँहिदै



बुद्धभुमी, २७ पुस ।
कपिलवस्तुको तिलौराकोट साझेदारी बन उपभोक्ता समितिको लाखौ मूल्य पर्ने काठ घाटगद्धीमा कुहिदै गएका छन् । साझेदारीको काम सुरुवाती चरणमा कटान गरिएका करिब २ हजार क्यूफिट सालका काठ अहिले कुहिएर स्तरहीन बनेका छन् । इलाका बन कार्यालय गोरुसिंगे स्थित घाटगद्धीमा ५ बर्ष अघि राखिएका काठ त्यसै कुहिएर गएका हुन् । आर्थिक बर्ष ०६९÷७० मा फायरलाईन निर्माणको क्रममा उत्पादित काठ अहिले पनि लिलाम विक्री नगरि त्यसै राखिएको छ ।
तत्कालिन अवस्थामा ए ग्रेडका काठ अहिले सी ग्रेड भन्दा पनि गुणस्तरहीन र काम नलाग्ने अवस्थामा पुगेको त्यहा कार्यरत सहायक बन अधिकृत विरेन्द्र यादव बताउनुहुन्छ । काठ के कारणले विक्री वितरण नगरिएको हो त्यो थाहा नभए पनी काठको गुणस्तर भने स्तरहीन बन्दै गएको यादबको भनाई छ ।
आफुले समितिका पदाधिकारीहरुलाई जति सक्दो छिटो काठ लिलाम विक्री गरि घाटगद्धी खाली गराउन आग्रह गरेपनि ढिलो भएको यादवले बताउनुभयो । समितिका सदस्य ओमकारनाथ शुक्लाले लाखौका काठ कुहिदा समेत लिलाम विक्री प्रक्रिया अघि नबढेको स्वीकार्नुहुन्छ । आफुहरुले समिति मार्फत उक्त काठ समयमै लिलाम विक्री गर्न खोज्दा कर्मचारीहरुले लगत तथा विवरण नभएको भन्दै लिलाम गर्न नमानेको शुक्लाको भनाई छ ।
उक्त काठ समिति अन्र्तगतकै भएको हुदा आवश्यक प्रक्रिया पुरयाएर तत्काल लिलाम गर्न समितिले निर्णय समेत गरेपनि प्रक्रिया अघि नबढ्नुमा अरु कुनै समस्या रहेको समितिका सदस्यहरुको भनाई छ । साझेदारी बनले बैज्ञानिक बन व्यवस्थापन मार्फत हाल सम्म ५० हजार क्यूफिट बढि काठ उत्पादन गरि सहज ढंगबाट विक्री गरेपनि उक्त काठ विक्री नहुनु आश्चर्य भएको स्वयं समितिकै सदस्यहरु बताउछन् ।
देशकै नमूना साझेदारीमा उक्त लापरवाहीका कारणले समस्या आउन सक्ने उनीहरुको भनाई छ । कर्मचारीहरुले उक्त समयमा कटान भई घाटगद्धी गरिएका काठको लगत र विवरण फेला नपरेको भन्दै वेवास्ता गर्ने र समितिले कर्मचारीले काम गरेनन् भन्दै पन्छने कारणले नै ५ बर्ष सम्म उक्त काठ विक्री नभएको श्रोतको दाबी छ । हाल अलपत्र अवस्थामा रहेको उक्त काठ सबै भन्दा तल्लो स्तरको सी ग्रेडमा मात्र विक्री गर्ने हो भने पनि ९ लाख भन्दा बढि राजस्व समितिमा आउने स्पष्ट छ ।
समितिमा अहिले सबै कम्पार्टमेन्ट र सब कम्पार्टमेन्टमा बैज्ञानिक बन व्यवस्थापन अनुसार काम गर्न आर्थिक समस्या देखिएको छ तर भएको श्रोतलाई समयमै व्यवस्थापन गर्न नसक्नु समितिको कमजोरी भएको बन प्राविधिकहरुको भनाई छ ।
साझेदारी बनका अध्यक्ष जय प्रकाश पाण्डेले विगत लामो समय देखि अलपत्र अवस्थामा रहेको उक्त काठलाई दाउराको दरमा बिक्री गर्ने निर्णय भएको बताउनुभयो । उहाले काठको अवस्था खस्किसकेकाले प्रति किलो १० रुपैयाका दरले विक्री गर्ने निर्णय गरेको बताउनुभयो । कर्मचारी हेरफेर तथा कार्यालय स्थानान्तरणको क्रममा उक्त परिमाणका काठको विवरण तथा लगत हराएको कारण तत्कालिन अवस्थामा बिक्री गर्न नसकिएको स्वीकार्दै उहाले तत्काल उक्त काठ विक्री गर्ने बताउनुभयो ।
केहि दिन अघि सोहि काठबाट समुदायलाई ५० क्यूफिट काठ विक्री गरेको तर अरु काठ दाउराको स्तरमा पुगेको हुदा लिलाम गर्न समस्या भएको पाण्डेले जानकारी दिनुभयो । तिलौराकोट साझेदारी बन व्यवस्थापन समितिमा कार्यरत सहायक बन अधिकृत रामचन्द्र श्रेष्ठले समिति सक्रिय भई उक्त समस्या समाधान गर्नुपर्ने जिकिर गर्नुहुन्छ ।
उक्त काठ बारे आफुहरु संग वास्तविक तथ्यांक, विवरण नभएकाले कुन आधारले कति परिमाण काठ लिलाम गर्ने भन्ने बारे स्पष्ठ नभएको उहाले बताउनुभयो । समितिले आवश्यक मूल्यांकन गरि विक्री नगरे सम्म उक्त काठको समस्या समाधान नहुने श्रेष्ठको भनाई छ । समितिले निर्णय गरेका क्रियाकलाप तथा बार्षिक निति तथा कार्यक्रममा रहेर मात्र आफुहरुले काम गर्ने भएकाले पुरानो विवरणका बारेमा आफुहरुलाई त्यति जानकारी नभएको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति : २७ पुस २०७४ बिहिबार ००:००  ३ : ५२ बजे