८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

खोलाको बगरमा पुरुषको शव फेला



चुरामणि अर्याल, वाणगंगा, २९ पुस ।
खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् । दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी शुक्रबार बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।

दाङ घरबाट दुई दिनअघि देखि हराइरहेका चौधरी शुक्रबार मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिए । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ ।

अत्यधिक मादक पदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : ०१ बजे