२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

मधुवनधामको महायज्ञमा जान निशुल्क बस सेवा, दिनहुँ दशनार्थीको घुइँचो



मायादेवी अनलाइन, वाणगंगा, १ माघ ।
वाणगंगा नगरपालिका ८ शान्तीकुञ्ज मधुवन धाममा सञ्चालित बह्रा पुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको चौथो दिन पनि भक्तजनको उपस्थिती उल्लेखिय मात्रामा रहेको छ । आइतबार २ हजार बढि भक्तजनले कथा श्रवण गरेका छन् । महायज्ञको प्रमुख कथा वाचक श्री १ हजार ८ स्वामी विवेकानन्द सरास्वती महाराजज्यू हुनुहुन्छ । आइतबारको दिन सम्म भक्तजनको सहभागिता उल्लेखिय मात्रामा रहेको आयोजकले जनाएको छ ।
आइतबार सेक्टर बन कार्यलय पिपराका प्रतिनिधी यमप्रसाद गैरे, स्वामी व्रमाहनन्द, बालबर्माचारी सन्त, श्री कृष्ण सरण भोलेबाबा, झविन्द्र शास्ती, ज्ञानहरी घिमिरे, जेष्ट नागरिक दिलबहादुर पौडेल क्षेत्री, जिवलाल भटराई लगायतको उपस्थिती रहेको थियो ।
अहिले सम्म १ लाख ७५ हजार आर्थीक रकम संकलन भएको जनाईएको छ । महायज्ञमा भक्तजनलाई मध्यनजर गर्दै यातायातको ब्यवस्था पनि गरिएको छ । आइतबार बालज्योती ईंलिस बोडिङ स्कुलले यातायातको ब्यवस्था गरेको थियो भने सोमबार (आज) होराईजन मावि सिद्धिपुरले गर्ने बताईएको छ । महायज्ञमा भक्तजनले शान्तीपूर्ण एवम सब्य र भब्य तरिकाले कथा श्रवण गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७४ सोमबार ००:००  ५ : ३१ बजे