३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

बुद्धभुमिमा स्वास्थ्यका लागि ८० लाख बजेट विनियोजन



कपिलवस्तु, ३ माघ ।
शरीरमा आवश्यक सन्तुलित आहारको कमीले बालबालिका कुपोषित हुने भएकाले खानपानमा बिशेष ध्यान दिन बुद्धभुमि नगरका प्रमुख केशव कुमार श्रेष्ठले सबैलाई अनुरोध गर्नुभएको छ । बालबालिकामा हुने रोगको प्रमुख कारण कुपोषण रहेको बताउँदै नगर प्रमुख श्रेष्ठले जसका कारण नेपाली बालबालिकाहरुको शारीरिक तथा मानसिक बिकास प्रभावित भएको बताउनु भयो ।
उहाँले बुद्धभुमि नगर भित्र कुपोषण न्युनिकरण गर्न पोषण कार्यक्रमको लागी २० लाख बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । मङ्गलवार हरिहरपुर स्वास्थ्य चौकिमा भएको रेडियो बहस कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले नगरमा स्वास्थ्यका लागी ८० लाख बजेट विनियोजन गरेको समेत बताउनु भएको थियो ।
त्यस्तै बडा नम्बर ८ का बडा अध्यक्ष कपिलदेव तिवारीले जिर्ण अबस्थामा रहेको हरिहरपुर स्वास्थ्य चौकिलाई जग्गाको ब्यवस्थापन भएमा शान्दार स्वास्थ्य चौकि बनाउने दावि गर्नुभएको छ । मङ्गलवार हरिहरपुर स्वास्थ्य चोकिमा भएको कार्यक्रममा बर्थिङं सेन्टर निर्माण, औषधी र साधरण यन्त्र उपकरण लगायतका बिषयमा बहस गरिएको छ ।
उक्त बहसमा स्वास्थ्य संयोजक गोकर्ण अर्यालले हरिहरपुर स्वास्थ्य चौकिमा सेवा लिन आएका सेवाग्राहि अबका दिनबाट औषधी लगायतका सेवाहरु बाट बञ्चित नहुने बताउनु भयो । त्यस्तै निमित स्वास्थ्य चौकि प्रमुख रामवरण थारुले आफुहरु हर तवरबाट जनताको सेवामा खटिने बताउनुभयो ।
बहसमा सहभागी प्रमुख श्रेष्ठ, बडा अध्यक्ष तिवारी, स्वास्थ्य संयोजक अर्याल, निमित स्वास्थ्य चौकि प्रमुख थारुले आफुहरुले गरेका प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै स्वास्थ्य सुधार गर्नका लागी जनचेतनामुलक कार्यक्रमहरु गर्ने बताउनु भएको थियो ।
कार्यक्रम हेल्थ फर लाईफ युएसआईडीको आर्थिक तथा प्रावधिक सहयोग बुद्धभुमि नगरपालिकाको आयोजना, ईक्वल एक्सेसको सहकार्य र सामुदायिक रेडियो बुद्ध आवाजको सञ्चालनमा स्वास्थ्यका लागि रेडियो बहस कार्यक्रम मङलवार हरिहरपुर स्वास्थ्य चौकिमा सम्पन्न भएको हो । कार्यक्रमको संचालन बुद्धआवाजका कार्यक्रम प्रमुख दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ४ : ४० बजे