३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

ट्रकले ठक्कर दिँदा भारतीय युवतीको मृत्यु



चन्द्रौटा, ३ माघ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोेटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्ला थाना वलरामपुर शंखरगाउँ बस्ने २४ वर्षीय मुबसरा खातुनको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारत जिल्ला थाना बलरामपुर ढेरुवा बस्ने २७ वर्षीय अतिकुल रहिमान घाइते भएको प्रहरीले जनाएको छ । घाइते रहिमानको भारतमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७४ बुधबार ००:००  ८ : ३१ बजे