२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भैरहवामा सामुहिक बिद्यालयद्धारा खेल महोत्सव आयोजना



भुवन पाण्डे, भैरहवा, १३ माघ ।
सामुहिक बिद्यालय परिवार रुपन्देहीले आईतवार देखी भैरहवामा तिनदिने खेलकुद महोत्सव सचांलन गर्ने भएको छ ।
भैरहवा क्षेत्रमा रहेका निजी बिद्यालयहरुको यस संस्थाले स्थापना देखी नै बार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको छ । यस पटक संस्थाले १६ औ संस्करण अन्तरगत शान्ति र सम्बृद्धीका लागी खेलकुद भन्ने नारासहीत खेल महोत्सव आयोजना गरेको हो ।
निजी बिद्यालयहरु बिच आपसी सम्बन्ध कायम गर्ने तथा संस्थामा आबद्ध बिद्यार्थीहरुको बौद्धीक, शैक्षीक, सांस्कृतीक, खेलकुद लगायतका प्रतिस्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको परिवारका अध्यक्ष प्रेमनारायण पौडेलले बताउनुभयो ।
आफुहरुले सामाजीक उत्तरदायीत्व बहन गर्दै समाज र रािष्ट्रयता प्रति जिम्मेवार असल नागरीक तयार पार्ने उदेश्य अनुरुप कार्यक्रमहरु गर्दै आएको उहाँले बतानुभयो । तिनदिनसम्म चल्ने महोत्सवमा तिन तहमा बिभीन्न खेलहरु खेलाईने छ ।
सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र÷छात्रालाई फरह फरक खेलहरु खेलाईने छ । प्रतियोगीतमा कक्षा १० का बिद्यार्थीलाई भने परिक्षा तयारीका कारण समावेस गरीएको छैन् ।
यो प्रतियोगीतामा परिवारमा आबद्ध १५ बिद्यालयहरुको सहभागीता रहने खेल सयोंजक राजकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  २ : ०५ बजे