२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मानव तस्करीको जालो तोडिँदै, बेचबिखनको आरोपमा तीन पक्राउ, दुई फरार



सीताराम चौधरी, कृष्णनगर ।
मानव बेचविखनको आरोपमा एउटै गाउँका तीन जना पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय शेरबहादुर रसाइली, उनकी पत्नी ३५ वर्षे मुना रसाइली र ३८ वर्षीय ज्योति सुनार रहेका छन् । मानव बेचविखनमा संलग्न उनीहरु शिवराज नगरपालिका वडा नं. ३, मदवाका हुन् ।
काठमाडांै नयाँ बसपार्कमा स्वर्गद्वारी लुम्बिनी गेष्टहाउस संचालन गर्दै आएका शेरबहादुर होटलबाटै पक्राउ परे । उनकी पत्नी मुना आफ्नै घर शिवराज नगरपालिका –३, मदवाबाट पक्राउ परिन् भने ज्योति नेपालगञ्जबाट पक्राउ परेकी हुन् । शिवराज नगरपालिका ३, मदवा घर भई काठमाडौं नयाँ बसपार्कमा स्वर्गद्वारी गेष्टहाउस संचालक अर्का रोशन भनिने २७ वर्षे डोरबहादुर वि.क. र पाल्पा माइतीघर भई बुटवल बस्दै आएकी सपना भने फरार रहेका छन् ।
बैदेशिक रोजगारीको प्रलोभन देखाई सोझासाझा युवतीहरुलाई बेचबिखन गरेको आरोपमा विचौलियाहरु प्रहरी फन्दामा पुगेका हुन् । शान्ति पुनस्र्थापना गृह र सानो हात संस्थाले प्रहरीको सहयोगमा कृष्णनगर सीमा नाकाबाट दुई किशोरीको उद्धारपछि घटना बाहिर आएको हो । संस्थाले प्युठान घर भएकी २४ वर्षीय आरती (नाम परिवर्तन) र गुल्मीकी २१ वर्षे नाम परिवर्तन रीतालाई उद्धार गरेका थिए । कुबेत पठाउने प्रलोभनमा पारी कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत लैजाँदै गर्दा प्रहरीको सहयोगमा पीआरसीले किशोरीहरुको उद्धार गरेको थियो । किशोरीहरुले दिएको बयानको आधारमा मानव तस्करीको मौलाएको जालो तोड्न सफल भएको शान्ति पुनस्र्थापना गृह कृष्णनगरका संयोजक भूमिराज भट्टराईले जानकारी दिए । पक्राउ परेका बिचौलियालाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गरी कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सुभाष गैरेले जनाएका छन् । यस्तै फरार आरोपितहरुको तीब्र खोजीकार्य अघि बढाइएका उनले बताए ।
बिचौलियाहरुको गिरोहले कामको बाँडफाँड गरी दुई किशोरीलाई कृष्णनगरसम्म पु¥याएका थिए । रोशन भनिने डोरबहादुर वि.क.ले किशोरीहरुलाई कुबेत पठाउने जिम्मा लिई पासपोर्ट बनाउन लगाई उनीहरुको पासपोर्ट आफूले लिएको थियो । शेरबहादुरले किशोरीहरुलाई मेडिकल गराउन पिस मेडिकल सामाखुशी पु¥याएको पत्ता लागेको छ ।
सम्पूर्ण कागजात तयार भएपछि किशोरीहरुलाई बस चढाई बुटवलसम्म पठाएका थिए । बुटवलमा उनीहरुलाई सपनाले आफ्नो सम्पर्कमा लिएकी थिइन् । सपनाले किशोरीहरुलाई ज्योति र मुनाको सम्पर्कमा बुटवलबाट चन्द्रौटासम्म पठाएको बयानबाट खुलेको पीआरसी संयोजक भट्टराईले बताए । चन्द्रौटामा ज्योति र मुनाको सम्पर्कमा किशोरीहरु आइसकेपछि उनीहरुले आन्तरिक योजना बनाई कृष्णनगरसम्म पु¥याएको रहस्य खुलेको हो । कृष्णनगरमा सीमा निगरानी गरिरहेको शान्ति पुनस्र्थापना गृहको टोलीले किशोरीहरुलाई सोधपुछका लागि सम्पर्कमा लिएको थियो पीआरसी संयोजक भट्टराईको भनाई छ ।
उद्धार गरिएका किशोरीहरुलाई अहिले पीआरसीले आफ्नो सुरक्षित गृहमा राखेको भट्टराईले बताए । उनहरुलाई आफ्नै सुधार गृहमा राखी सीपमूलक तालिम दिई स्वरोजगार बनाउने भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७४ आइतबार ००:००  २ : ४७ बजे