२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कपिलबस्तुमा पर्यटक आगमनमा बृद्धि



भुपाल थापा, कपिलबस्तु ।
कपिलबस्तुको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको तिलौराकोटमा पर्यटक आगमनमा बृद्धि भएको छ । तिलौराकोटमा सन् २०१८ को पहिलो महिनामै विदेशी तीनहजार ४९ जनासहित चार हजार २११ पर्यटक आएको लुम्बिनी बिकास कोष इकाई कार्यालय तिलौराकोट जनाएको छ । लगातारको उत्खनन् तथा अन्वेशण पश्चात पर्यटकको आगमनमा बृद्धि भएको कार्यालयको दावी छ । जनवरी महिनामा सबैभन्दा बढि म्यानमारका पर्यटक तिलौराकोटको भ्रमण अवलोकनका लागी आएको तिलौराकोटका सुरक्षाकर्मी राजु कहांरले बताउनुभएको छ ।

अष्टे«लियाबाट सबैभन्दा कम २० जना मात्र पर्यटक तिलौराकोट आउंदा भारतका एकसय १५ जना, चीनका एकसय १४, भियतनामका एकसय ६ जना आएका छन् । थाइल्याण्डका पांचसय ८०, दक्षिण कोरियाका चारसय ८१ जना, सिंगापुरका ५९ जना, भुटानका ५८ जना, जापानका ३४, ताइवानका ३४, मेस्किकोका २३ जना पर्यटकको आगमन भएको उहाले जानकारी दिनुभएको छ । चारहजार बढि पर्यटकले जनवरी महिनामा गरेको भ्रमणमा नेपालीको संख्या समेत उल्लेख्य रहेको छ । चारसय ४७ जना नेपाली आन्तरिक पर्यटकले प्राचिन कपिलबस्तुको भ्रमण गरेको इकाई कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७४ मंगलबार ००:००  २ : ३२ बजे