२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

प्रशासन मौन ! समिति आफैले भारतीय गाडी रोक्दै



अशोक पौडेल, जितपुर ।
भारतीय मालबाहाक गाडीले नेपालमा सहजै प्रवेश पाएपछि हाल आएर नेपाली ब्यवसायी टाट पल्टीएका छन । भारतीय गाडी ओभरलोड सहित ७२ घण्टासम्म नेपाल रहन पाउने सरकारको फितलो नितिका कारण नेपाली यातायात ब्यवसायी मारमा परेका हुन । कपिलवस्तुको कृष्णनगर हुदै दैनिक २ सय बढि भारतीय गाडी नेपाल आउने गरेका छन । तर औधागिक क्षेत्र मानिने चन्द्रौटामा नेपाली गाडीहरुले माल पाउन २÷३ दिनसम्म कुर्नु पर्ने बाध्यता रहेको ब्यवसायी अकबर अलिमियाले बताए । २०७१ को भारबहन ऐन अनुसार भारतीय गाडीले सिमानाकाबाट नजिकको १५ किलोमिटरको औधोगिक करिडोरसम्म जे जति माल हुन्छ लाने पाउने भन्ने निति भएको भएतापनि हाल आएर सोही नितिलाई प्रशासनले कार्यन्वयन गर्न नसकेको बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले बताए ।
प्रशासनले अव भारतीय गाडीलाई रोक्न नसकेको बताउदै समितिकै पहलमा अव भारतीय गाडीलाई नेपाल प्रवेशमा रोक लगाउने समितिका महासचिव लक्ष्मण भुसालले बताए । भारतीय ट्रक र लरीले भारतबाट सोझै नेपालका प्रमुख सहरहरुमा बढि माल बोक्न थाले पछि नेपाली मालबाहक सवारी कामविहीन हुन थालेको महासचिव भुसालको भनाई रहेको छ । हाल कृष्णनगर नाका हुदै मात्र दैनिक २ सय भन्दा बढि भारतीय सवारी साधन नेपाल आउने गरेका छन । यातायात ब्यवसायीहरुको साथमा तत्काल अव समितिकै नेतृत्वमा भारतीय गाडीलाई कृष्णनगर नाकामै रोक्ने निर्णय भएको बाणगंगा यातायात ब्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताए । यातायात ब्यवसायीले ऋण खोजेर किस्ता तिर्नु पर्ने बाध्यता रहेकोमा नेपालको प्रशासनले भारतीय गाडीलाई आम्दानीको स्रोतको रुपमा लिएको उनी बताउछन । नेपाली मालबाहक गाडीले १ टन ओभर लोड बोक्दा पनि रु एक हजार जरिवाना तिनुपर्ने र भारतीय गाडीले १० टन बढि बोक्दासम्म रु हजारकै जरिवाना तिर्नुपर्ने नेपालको निति ब्यवसायी मुखि नभएको उनको भनाई छ । उता मालबाहक सवारीले गर्ने गरेको नेपाल भित्रको ढुवानी रोक्का गरेका छन् । तराई यातायात व्यवसायी संघ सिमरा, नारायणी यातायात व्यवसायी संघ हेटौंडा लगायतका संघले २३ गते निर्णय गरेर मालबाहक भारतीय नम्बरका गाडी रोक्न समेत थालेका हुन् । सरकारी निकाय मौंन बसेका कारण आफ्नों पेशा नैं संकटमा पर्ने भन्दै भारतीय मालवाहक सवारीलाई रोक्न लागीएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४ मंगलबार ००:००  २ : ४२ बजे