२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

स्थानीय सरकार: अपेक्षा र अग्रसरता



अराज सिहं बेल्बासे ।
देशमा धेरै राजनीतिक परिर्वतन भए, बिभिन्न किसिमका आन्दोलनहरु पनि । यी देशको स्वरुप फेर्न तथा नयाँ परिवर्तनकै लागि भएका थिए । राणा शाशन, राजतन्त्र, प्रजातन्त्र, पञ्चायत बहुदल, लोकतन्त्र, हुँदै गणतन्त्र आयो र देशले सङ्घीय गणतान्त्रिक संबिधान पायो । नयाँ संबिधानमा स्थानीय सरकार सम्बन्धी ब्यवस्था पनि लागु भयो । देशमा लामो समय पछि संविधानको नयाँ व्यवस्था सहितको स्थानिय तहको निर्वाचन भयो । लामो समय सम्म स्थानीय तहको निर्वाचन नहुँदा बिकास निर्माणको काम कर्मचारीको हातमा गयो र ५४ साल देखी नभएको स्थानीय तह चुनाव अहिले २०७४मा सम्पन्न भयो । ५४ साल देखि ७४ साल सम्म आशा लाग्दो बिकासका काम कहि हुन सकेन त्यसैले पनि धेरै जनताको एउटै आशा स्थानीय तहको निर्वाचन लामो समय सम्म यतिकै रह्यो । सानो बजेटको काममा सदरमुकाम र ठुला नेताको सोसफोर्स बिना बिकास नदेखेका जनता स्थानीय तहको चुनाव आउँदा धेरै उत्साहित भए ।
टोलटोलमा उमेद्वार हुदाँ माथि सम्म नभए पनि गाउँ मान्छे उमेदवार हुदाँ जित्यो भने पक्कै केही हुन्छ भन्ने आशा बोकेर आफ्ना छरछिमेक देखि टोल टोलमा उमेदवारको प्रचार गर्दै हिडे ठुलो आस बाकेर बसिरहे चुनाव सकियो आफुले भोट हालेका नेताले चुनाव जिते मेयर, उपमेयर, वडा अध्यक्ष, देखि सदस्य समेत चुनिए र त्यस पछि जनता अझ ठुक्क भए बिकास हुनेछ भन्नेमा चुनावमा बोले कुरा आफ्नै गाउँका नेताले किन पुरा नहोला भन्दै, तर समय बित्दै गयो कहि काम भइरहे कहि हुन सकेन्न जितेको १÷२ महिनामा यस्तो उस्तो गर्छु भनेका नेता हरुले भने जसरी काममा मन लगाउन सकेन्न र जनताको पहिलो अपेक्षा स्थानिय तहका प्रतिनिधीलाइ पुरा गर्न त्यति सहज भएन जसरी चुनाव प्रचारमा बोले यस्तो गछौ उस्तो गछौ भन्दै ।
जनताको स्थानिय तहका जनप्रतिनिधी सगँ आज पनि नागरिकका आफ्ना ब्यत्तिगत स्वार्थका अपेक्षा छैन्न सामान्य अपेक्षानै छन हिड्ने बाटो राम्रो होस,राम्रो पानी खान पाईयोस सबैले पढ्न पाउन,यस्तै सामान्य अपेक्षा गरेका जनता अहिले पनि ठुक्क हुन सकेका छैन्न । अब सिहदरवार गाउँ गाउँमा आयो भनेर जनताले महसुस गर्ने गरि सिहंदरवार आउन सकेन अझै पनि । खान नपुग्ने हरुले अब खान नपाएर मर्नु पर्दैन होला भन्ने आसा गरे, बेरोजगार हरु अब खाडी पस्नु नपर्ला भनेर आस गरे, दलित हरु अब बिभेद नहोला भनेर आस गरे तर जनप्रतिनिधी आए पछि सबैका आसा हरुमा पनि प्रश्न चिन्ह खडा भएको छ । राजनितिक पाटी बाट आएका स्थानिय सरकारले आफ्नै कार्यक्रता लाइ महोत्व दिदां नत ति भोका हरु परे नत बिरोजगार हरु परे । अहिले धेरै जनताले महशुस गर्न थाले गाउँ गाउँ सिहदरवार मात्र हैन पुन राजा जन्मिए पहिला एउटा राजा थिए अहिले धेरै राजा भए कि भन्ने ।
राजै भए पनि सबै जनता लाइ समान नजरले हेरुन भन्ने अपेक्षा जनताको छ तर राजनितीक भागभण्डा कार्यक्रता लाखा पाखा गर्दा कुनै जनता लाई पनि राजाका रैति बन्नु नपरोस भन्ने सबै जनताको चाहना रहेको छ । साना साना काममा सदरमुकाम धाउन बाध्य भएका जनता हरु अब भने स्थानिय स्थरमै सबै काम आफ्नै ठाँउमा हुने भन्दै धेरै आशाबादी रहेका छन । यस्तै चाहना हरु पुरा होस भन्ने आसा स्थानिय तह पछि जनताको रहेका छन स्थानीय तहले एकल रुपमा नै बिभिन्न नगर प्रहरी , सहकारी संस्था, एफएम सञ्चालन,स्थानीय कर ,खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा जस्ता २२ अधिकार उपयोग गर्न सक्ने छ त्यसैले पनि अब स्थानिय सरकारले आफ्ना अधिकारको सहि सदुपयोग गर्दै जनताका चाहना पुरा गर्न अग्रसर हुन जरुरी छ ।
जनताले चुनाब समय उम्मेदवारले आफूले चुनाब जिते नागरिकको घर दैलोमा नै सेवा सुबिधा पु¥याईदिन्छौ बिकासको बाढी ल्याईउछौ जस्ता आश्वासन दिए पनि ति कुराको अपेक्षा धेरै जनताको छैन उनि हरुले महसुस गर्नेगरि प्रशासनिक परिवर्तन होस हरेक क्षेत्रमा घुस भन्सुन बाट हैरान भएका हरु अब स्थानिय सरकार पछि छुटकारा पाउन चाहेका छन । स्थानिय सरकार सरल रुपमा स्थानियका प्रशासनिक कार्य गर्न पनि अब स्थानिय सरकार अग्रसर हुन जरुरी छ । स्थानिय सरकार आएका ८÷९ महिना हुँदा पनि नागरिकले पाउने प्रशासनिक सेवामा खासै फरक आएको छैन । धेरै स्थानिय तहमा अझै पनि कर्मचारी पुग्न नसक्दा स्थानिय तहमा खाशै काम हुन नसक्दा पनि जन प्रतिनिधीले जनचाहना अनुसार काम गर्न पाएका छैन काम नभए पछि नागरिक हरु निराश हुन थालेका छन ।
राज्य पुर्नसरचना सँगै भएको स्थानिय सरकारका प्रतिनिधी हरु ऐन अभाब भएको भन्दै पनि धेरै अल्मलिएर पनि काम गर्न सकेका छैन्न । जनप्रतिनिधिले काम गर्न चाहे ऐनको अभाब नभएको सरकारको दाबी छ त्यसले गर्दा समेत नागरिक हरुमा जनप्रतिनिधीले काम गर्न नसकेको भन्दै धेरै लाइ स्थानिय सरकार पछि पनि जुन जोगी आए पनि कानै चिरेको भने भएको छ । स्थानिय सरकारका जनप्रतिनिधी आफ्ना अधिकार प्रयोग गरेर नागरिक लाई आशाको दियो बाल्दिनु पर्ने हो तर स्थानिय सरकारका जनप्रतिनिधी हरु आफ्नो अधिकार र कामका बिषयमा अलमलि रहेका छन । स्थानिय सरकार लाए सबिधानले धेरै जिम्मेबारी दिएको छ जस्ले आफ्नो स्थानिय तह आफुले निर्वाचनमा बोलेका प्रतिवद्धता पुरा गर्न सजिलै सकिन्छ आबश्यकता अनुसारको आफ्नै अधिकार र कानुनको समेत निमार्ण गर्न सकिने भएकोले पनि स्थानिय सरकारलाइ नागरिकका अपेक्षा पुरा गर्न अग्रसर हुन सजिलो भएको छ ।
स्थानिय सरकार बने पछि स्थानिय स्तरमा रोजगारीका अबसर बढ्ने स्रोत साधनको सहि सदुपयोग गरेर पनि स्थानिय युवा हरुलाइ रोजगारमा अग्रसर गराउन सकिन्छ तर अहिलेको अबस्थामा स्थानिय सरकार हुँदा पनि काम पहिलेको गति मा पहिलेको अबस्थामा हुँदा नागरिकले परिर्वतनको महशुस गर्न सकेका छैन्न । स्थानिय कै नेत्तृत्वका स्थानिय सरकार हुने भए पछि साना साना बिकासका कार्य हुने आशा बोकेका नागरिकको आशा हराउने हो कि भन्ने चिन्ता अहिले बढेको छ ।
स्थानिय सरकारले गर्ने कार्य हरुमा स्थानियलाइ रोजगारी दिन सकिने भएकोले पनि स्थानिय सरकारले बेरोजगार हरु लाइ रोजगारी दिलाउन अग्रसर हुनु पर्छ । स्थानिय सरकार स्थानिय निकायमा हुने बिकास योजना ,खाद्यान्न ,तरकारी ,फलफुल जस्ता उपयोग्य गुणस्तर ,मुल्यसुची हरुको अनुगमन गरेर पनि स्थानिय उपभोक्ताको हितको कार्यमा पनि अग्रसर हुन पर्दछ । साथै बिद्युत चुवावट हाट बजार हरु ब्यवस्थापन उद्योग धन्दा हरु प्रवद्धन सरकारी कार्यलयहरु चुस्त जस्ता कार्य पनि स्थानिय सरकारले गर्नु पर्दछ । लामो समय देखी बिकास तथा आधारभुत आवस्यक्ता पुरा होस भन्ने अपेक्षा बोकेका नागरिक हरु स्थानिय सरकारले यि कार्य गर्नेमा धेरै आसावादी समेत भएका छन । त्यसैले पनि नागरिकले साच्चिकै सिहंदरबार गाउँ गाँउमा आएको महशुस गर्न पाउनु पर्छ अब स्थानिय सरकार जनताको यि अपेक्षा पुरा गर्न सधैब अग्रसर हुनु पर्छ ।
स्थानीय तहको गठन सँगै जिल्लास्तरमा रहेका अधिकांश कार्यालय खारेज भएर स्थानीय तहमा स्थापना हुदैछन । सेवा प्रवाह गर्ने अधिकासं कार्यालयहरु स्थानीय स्तरमै रहने भए पछि जनतालाई सुविधा प्राप्त भएको छ । स्थानिय तह लागु सगैं पनि धेरै जनताका अपेक्षा पुरा भएका छन । नागरिकता बनाउन जस्ता धेरै कार्य गर्न धेरै दिन कुर्नु पर्ने हरुलाइ स्थानिय स्तरमै भए पछि ठुलो राहत पुगेको पनि हुनेछ । स्थानिय जनताले नै चुनेको मान्छे स्थानिय सरकारको नेतृत्व गर्ने भएकोले पनि स्थानिय जनताप्रति दायित्वबोध भएकोले पनि धेरै सहजको महशुस जनताले गरेका छन । बिकास गर्ने ,जनताको चाहना पुरा गर्ने कसम खाँदै स्थानिय तहमा पुगेका जनप्रतिनिधीले छिमेकी स्थानीय सरकारहरुवीचमा विकासको प्रतिश्पर्धा गरेर तथा सकारात्मक कार्यको सिको गर्दै पनि कार्य प्रतिनै अग्रसर हुनु पर्छ । स्थानीय तहका राजनीतिक नेताहरुमा असल राजनीतिक संस्कार र जनता प्रति उत्तरदायी र जवाफदेही भावनाको विकास समेत गराएर अघि बढ्नु पर्दछ ।
अब स्थानिय सरकारले बढ्दो बसाइसराइ लाइ पनि नियन्त्रणमा ध्यान दिन जरुरी छ लामो समयको द्धन्द बेरोजगारी जस्ता समस्याले धेरै मानिस शहर केन्द्रित भएर बसाइसराइ गरिरहेका छ अब त्यसको रोक्थाममा लाग्नु जरुरी छ । यस्तै अब पनि बोक्सीको आरोपका कोही हेपिनु नपरोस, दलित भन्दै कसैले हेपिनु नपरोस भेदभाव नहोस, प्रत्येक स्थानीय तहले जातीय छुवाछूत विरुद्ध हदैसम्मको कारबाही र दण्ड–सजायको व्यवस्थालाई कार्यान्वयन गर्नुका साथै सामाजिक व्यवहार परिवर्तनको अभियाननै चलाउन जरुरी छ । समान शिक्षा होस ,स्वास्थ,खानेपानी जस्ता आधारभुत आवस्यकतामा अब चाही रोमलिरहन नपरोस भन्ने अहिलेका जनताको अपेक्षा रहेको छ ।
त्यसैले पनि अब जन प्रतिनिधीहरु यस तर्फ अग्रसर हुन जरुरी देखिन्छ । अब नँया सरंचना अनुसार बनेका स्थानिय सरकारमा सबै जनताले काठमाडौको सिहदरबार गाउँ गाँउमा आएको महसुर गर्न पाउन जिवनका धेरै समय परिर्वतनका लागी भन्दै बिभिन्न आन्दोलनमा होमिएमा यि जनताले साच्चिकै परिर्वतन र जिवन फेर्नको लागी गणतन्त्र ल्याउने देखी सघिंयता ल्याउन सम्म सडकमा उत्रेको सार्थक भएको महशुस गर्न पाउन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४ मंगलबार ००:००  ३ : ५६ बजे