६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

भैरहवाबाट पोखराका लागि दैनिक दुई उडान हुने



भुवन पाण्डे, भैरहवा ।
यात्रुको चाप बढेपछि भैरहवा देखि पोखराका लागि दैनिक दुई उडान हुन थालेको छ । लामो समयसम्म नारायण – मुग्लिङ सडकको अवरोधले आजित यात्रुको रोजाई हवाई मार्ग परेपछि उडान थप गरिएको हो । १६ मिनेट हवाई दुरी रहेको यस रुटको चार हजार तीन सय ५० भाडादर छ । यस अघि बुद्ध एयरले दैनिक एक उडान भर्दै आएको थियो । भैरहवादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गको दुरी एक सय ८५ किलोमिटर छ, तर सिद्धबाबामा दुंगा खस्ने दरले पर्यटकहरु मुग्लिङ सडकखण्ड रोज्ने गरेको यात्रुहरुको भनाई छ । पछिल्लो समय मुग्लिङ सडकखण्ड निर्माणाधीन अवस्थामा रहेकोले घण्टौँ अवरोध हुन थालेपछि सडकको बिकल्पमा यात्रुहरुले हवाई मार्ग रोज्न लागेको बुद्ध एयर भैरहवा शाखाका प्रमुख दर्शन घिमिरेले बताउनुभयो । पोखरा तथा मुक्तिनाथ भ्रमणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकहरु र पोखरा देखि लुम्बिनी आउने पर्यटकहरुलाई उडान थप भएपछि राहत भएको छ । भैरहवा काठमाडौँ मात्र उडान हुँदै आएको गौतमबुद्ध बिमानस्थलबाट पर्यटकको चाँप बढेरपछि पोखरा उडान शुरु गरेको हो । भैरहवादेखि काठमाडौँ दैनिक ६ बिमान कम्पनीका १५ उडान हुँदै आएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४ शुक्रबार ००:००  ३ : ४४ बजे