काठमाण्डौ ।
जापानमा शक्तिशाली सामुद्रिक आँधी ‘डुजुआन’का कारण दुई जनाको ज्यान गएको छ ।
पाँच जना घाइते भएका छन् । अरु केही मानिसको अवस्था थाहा हुन सकेको छैन । आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ्यो ।
जापानको मौसम विज्ञान विभागले यसअघि ‘तत्काल जीवनका लागि खतरा’ भन्दै विभिन्न चेतावनी जारी गरेको थियो । तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिमसम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले उल्लेख गरेको छ ।
तीव्र हावाहुरीका कारण विद्युत् सेवा, उडान र रेल सेवा प्रभावित भएको छ । जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्वनिर्धारित योजनाअनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ ।









प्रतिक्रिया