२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

कम्बोडियाका उप–प्रधानमन्त्री तिलौराकोट भ्रमणमा



अजय बर्मा, तौलिहवा ।
कम्बोडियाका उप–प्रधानमन्त्री डा.ए.म.लिग्न हेड्डे र कम्बोडियाका राजदुत पच्खिुन पन्हा सहितको टोलीले भगवान गौतम बुद्धका पिता राजा शुद्दोदनको राजधानी प्राचीन कपिलवस्तु दरवारको अवलोकन गर्नुभएको छ ।
उप–प्रधानमन्त्री सहितको टोलीले भगवान गौतम बुद्ध जन्मेको लुम्विनी र २९ वर्र्ष बिताएको ठा“उ कपिलबस्तु राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमीद्धार, सुरक्षा पर्खालको अवलोकन गरेका हुन् ।
प्राचीन कपिलवस्तु दरबार बुद्धकालीन समय भन्दा ३ सय बर्ष अघि नै ब्यवस्थित शहर रहेको, बुद्धको जन्म साढे २५ सय बर्ष अघि भएको ईतिहासमा उल्लेख गरिएको छ । तर त्यस भन्दा अघि नै प्राचिन कपिलवस्तु दरबारमा मानव सभ्यता र शहर रहेको पुष्टी भएको, तिलौराकोट दरवारमा लगातार गरिएको पाचौ बर्षको उत्खनन र अन्बेषणले प्राचिन कपिलवस्तु बुद्धकालीन सयम भन्दा अघि नै मानव सभ्यताको विकास भएको र यहा आठौ शताब्दीमा नै मानवबस्तीको विकास भएको देखिएको बेलायतको दुर्हम बिश्व बिद्यालय सहीतको टोलीले ५ बर्ष देखि गरेको अध्ययन अनुसंधान पछि सो पुष्टी भएको लुम्विनी बिकास कोष कपिलबस्तु स्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख माधव प्रसाद आचार्यले पथ प्रर्दशन गराउदै उप–प्रधानमन्त्री डा.ए.म.लिग्न हेड्ड लाई जानकारी गराएका थिए ।
साथै तिलौराकोट दरवार भित्रै रहेको बुद्धकालिन अवस्था कै समयमाई को मन्दिरमा टोले पुजा आजा समेत गरेको थियो । अवलोकन पश्चात पुरातात्विक क्षेत्र उत्खनन् कार्यमा पुरातत्वविद्हरुको भूमिका बारे उप–प्रधानमन्त्रीले सरहाना गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७४ आइतबार ००:००  ३ : ११ बजे