लक्ष्मण पोखरेल, बुटवल ।
स्टाइकर नबिन लामाको ह्याट्रिकसंगै एपिएफ क्लव बुटवलमा जारी मदन भण्डारी गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । झापा ११ संग आइतबार मैदानमा उत्रिएको एपएिफले ४–२ को गोल अन्तरको जीत दर्ता गरेको हो । जीतसंगै एपिएफले क्वार्टर फाइनलमा साविक विजेता सुनौलो संगम क्लवसंगको भेट पक्का गरेको छ ।
एपिएफको जीतमा नबिन लामा नायक बने । उनले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गरी प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गर्दा झापा स्तब्ध बनेको हो ।
खेलको चौथो मिनेटमै कर्ण लिम्बुको गोलसंगै लिएको अग्रता झापाले त्यसलाई जोगाउन नसक्दा पहिलो खेलबाटै फिर्ता हुनुप¥यो । लिम्बुले पहिलो हाफको चौथो मिनेटमा विपक्षी पोष्टमा भएको घम्साघम्सीकाबीच बललाई जाली चुमाउदै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको १७ औ मिनेटमा एपिएफका रामकुमार कुमालले गोल फर्काउदै टिमलाई बराबरीमा पुराए । ३६ औ मिनेटमा झापाका रक्षापंक्तिका खेलाडीले एपिएफका शिबराम गिरीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै एपिएफले २–१ को अग्रता कायम गरेको थियो । एपिएफका नबिन लामाले पेनाल्टीलाई सहजै जाली चुमाएका थिए ।
२–१ को नतिजा सहित दोस्रो हाफको खेलका लागि मैदान पसेको झापाले ५७ औं मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा पुराएको थियो । झापाका खमिर गिलसन खावाले माथि उठेको बललाई जाली चुमाएका थिए ।
६१ औ मिनेटमा एपिएफका नबिन लामाले सहज गोल गर्दैै पुनः टिमलाई अग्रता दिलाएका थिए । डिबक्समा निकैबेर खेलिरहेको बललाई लामाले पोष्टको दाया कर्नरबाट जाली चुमाएका थिए । लामाले ८८ औ मिनेटमा ह्याट्रिक गोल गर्दै टिमलाई सहज जित दिलाएका थिए ।
आइतबारको खेलमा एपिएफका नबिन लामा म्यान अफ द म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत सोमबार पहिलो क्वार्टरफाइनल खेलमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी र विभागीय टिम नेपाल आर्मीका बीच हुदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमी प्रिक्वार्टर फाइनलमा सुदुरपश्चिमलाई ५–१ गोल अन्तरले पछि पार्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
बुटवल रामनगरस्थित फुटवल मैदानमा जारी सबैभन्दा धेरै पुरस्कार राशीको गोल्डकपमा दश टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले साढे ७ लाख नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमले एक÷एक लाख नगद पाउनेछन भने उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । विधागत उत्कृष्ट खेलाडीहरुले २०÷२० हजार नगद पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका प्रदेश उपाध्यक्ष मीनप्रसाद पोखरेलले जानकारी दिए ।
११ चैत्र २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया