८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

शिक्षक अभिभावक सम्मान कार्यक्रम



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ६ दुबेरीपुरमा रहेको श्रीगौतमबुद्ध प्राथमिक विद्यालयमा शिक्षक अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ । गौतमबुद्ध प्राथमिक विदालयको आयोजना तथा पिक परियोजनाको आर्थिक सहयोगमा शिक्षक अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मान कार्यक्रमममा विद्यालयको शैक्षिक क्षेत्रमा सकृय रुपमा योगदान पुरयाएका विदालय व्यवस्थापन समितिका अध्यक्ष, समितिका सदस्य तथा शिक्षक अभिभावक संघका प्रतिनिधी, स्थानीय तहका प्रतिनिधी, शिक्षक, बालक्लवका प्रतिनिधीलाई दोसल्ला तथा प्रमाणपत्र वितरण गरेर सम्मान गरिएको ग्लोबल एक्सन नेपालकी श्रोत प्रशिक्षक गिता अर्यालले जानकारी दिनुभयो । सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मलहु प्रसाद चौधरीको अध्यक्षता तथा वडा नम्बर ६ का वडा अध्यक्ष संदिप प्रसाद चौधरी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक संगिता देवी कहार, वडा अध्यक्ष संदिप प्रसाद चौधरी लगाएतले विद्यालयको गुणस्तरीय शिक्षामा शिक्षक अभिभावक र विद्यार्थी सकृय हुनुपर्ने बताएका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, सामाजिक परिचालक, परियोजनाका सहजकर्ता ठुली दिदी, ज्ञान बाटिकाका सहजकर्ता लगाएतका गरी ७० जनाको उपस्थिती रहेको थियो । सम्मान कार्यक्रमपछि शिक्षक अभिभावकले खुशी व्यक्त गर्दै विद्यालयमा नियमित रुपमा बालबालिकालाई पठाउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  २ : ५२ बजे