शत्रुघन खरविन्द, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित रामजानकी मन्दिर पछाडि रामघाटमा बुधबार एक कार्यक्रम बीच मलामी प्रतिक्षालय भवन निर्माण कार्यको शिलान्यास भएको छ । श्री समयमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड तौलिहवाको अगुवाईमा उक्त भवन शिलान्यास भएको हो ।
शिलान्यास कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष रमेश शर्माले विधिपुर्बक भूमि पुजन गर्नु भएको थियो । कपिलवस्तु नगरपालिका प्रमुख किरन सिंहले पनि भवनको शिलान्यास गर्नु भयो ।
१० लाख १३ हजार १ सय ४३ रुपैया बराबरको लागत स्टिमेटमा निर्माण हुन लागेको उक्त प्रतिक्षलयमा समयमाई बचत तथा ऋण सहकारी संस्थाले यस बर्ष ३ लाख रुपैया छुट्याएको र बाँकी रकमको लागी अन्य सहयोगीहाथहरु खेज्ने सहकारीका अध्यक्ष मधुसुधन श्रेष्ठले बताउनु भएको छ ।
शिलान्यास पश्चात कार्यक्रमका प्रमुख अतिथी तथा कपिलवस्तु नगरपालिका प्रमुख किरन सिंहले यस पबित्र कार्यमा नगरपालिका पछि पर्दैन आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
गर्मी, बर्षा तथा सितलहरमा मलामी आउने सर्बसाधारणलाई ओतिने ठाउँ नभएकोले समस्यापरेको कुरालाई मध्यनजर गरि मलामी प्रतिक्षालय भवन निर्माण गर्न लागेको निमार्ण समिती संयोजक रमेश शर्माले बताउनु भएको छ ।
प्रतिक्रिया