२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

जनता सगं गरेका प्रतिबद्धता पुरा गर्न नागरिकहरुको माग



सरस्वती पौडेल, कपिलवस्तु ।
स्थानीय तहको निर्वाचन तथा प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न नागरिकहरुले नेताहरुलाई आग्रह गर्न थालेका छन ।
जनताको घर दैलोमा गई सिंहदरवारको अधिकार गाउमा आएको भन्दै जनतालाई दिएका आश्वासनको हिसाव खोज्न थालेका छन । निर्वाचनको समयमा सुकुम्बासीको बस्तिमा पुगेका नेताहरुले सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन्छौ र घर निमार्ण गरिदिने, बाटोघाटो, विजुली, पानी रोजगारी दिने आस्वासन पाएका सुकुम्वासीहरु अहिले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुलाई उक्त प्रतिबद्धताबारे झक्झकाउन थालेका छन ।
बाणगगा नपा ७ कोइली बनगाईमा आयोजना गरेको एक कार्यक्रमका सहभागी सुकुम्वासी महिलाहरुले नेताहरुलाई आफुले गरेका प्रतिबद्धता पुरा गर्न माग गरेका छन । महेन्द्रकोट स्थित विरपुरको सुकुम्वासी टोलमा पुगेका कुनै पाटीका नेताले सामुदायिक बनले लगाएका तार हटाई दिने प्रतिबद्धता गरेकोमा जितेर आएपछि त जंगलमा बसेको भन्दै पुन तारवार लगाउन थालेको एक महिलाले गुनासो गरिन ।
शिवराज र बाणगगा नगरपालिकाले सुकुम्बासीहरु बसेको घरको घरकर सुल्क काटेकोले विद्युत मिटर जोडन पाएको भए पनि अन्य नगरपालिकाले घरकर नलिदा मिटर पाउन समस्या रहेको बताएका छन । सुकुम्वासी बस्तीहरुमा विजुली सडक, खानेपानी जस्ता समस्या रहेकोलेले अरु नागरिक सरह सुकुमवासीलाई पनि ब्यावस्था गरि दिन नेपाल महिला एकता समाजकी केन्द्रीय सदस्य पार्वती श्रेष्ठले माग गर्नु भएको थियो ।
राज्यले शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र खानपाउने अधिकार नेपालको संविधान २०७२ को मौलिहहकको रुपमा रहेकोले सुकुम्वासिहरुलाई पनि उक्त अधिकार दिन जिल्ला अध्यक्ष नारायणी पाण्डेले आग्रह गर्नु भएको छ । सुकुम्वासि महिलाहरुलाई गास वास कपास शिक्षा, स्वाथ्य, रोजगार जस्ता आधारभुत अधिकारको प्रत्याभुति हुने गरि काम गर्न स्थानीय सरकार सगं सुकुम्वासी महिलाहरुले माग गरेका थिए । नेपाल महिला एकता समाजको साधारण सभामा सहभागी सुकुम्वासि, नदी उकासमा बसोवास गर्ने महिलाहरुले लालपुर्जा बनाउदा महिलाको नाममा बनाउनु पर्ने सो कुराको समेत माग गरेका थिए ।
यसै गरि बाणगगा नगरपालिका ७ का वडा अध्यक्ष विष्णु गिरीले सुकम्वासी महिलाहरुले उठान गरेका सवालमा आफुले गरेका प्रतिबद्धताहरु पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै विकास निमार्ण देखि सबै सुकुम्वासी परिवारहरुको तथ्याक संकलन गरि लालपुर्जा दिनुको साथै ५ वर्ष भित्रमा सबैका घर बनिसक्ने बताउनु भएको छ ।
उहाले आफुले सबै भन्दा पहिला सुकुम्वासि बस्तीवाट सडक खानेपानी, विद्युत लगायतका विकासका काम शुरुवात गरेको बताउदै सबैलाई महसुस हुने गरि काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । पाटीको घोषणापत्रमा उल्लेख भएका कुरा ५ वर्ष भित्रमा पुरा हुने बताउनु भएको थियो । अन्य नगरपालिकामा पनि महिलाहरु सकृय भएर माग गरेमा माग पुरा हुन सक्ने अतिथिहरुले बताएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७४ बिहिबार ००:००  ११ : ५३ बजे