६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गुल्मी महोत्सव थप एक दिन लम्बियो



मायादेवी अनलाइन, गुल्मी ।
कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सव थप एक दिन लम्बीने भएको छ ।

गएको चैत १६ गते शुक्रवार उद्घाटन हु्ँने भनिए पनि हावाहुँरीले समयमै कार्यक्रम उद्घाटन हुन नसकेको भन्दै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले थप एक दिन थप्ने निर्णय गरेको महासचिव तारा प्रसाद भुसालले जानकारी दिनुभयो ।

महोत्सव २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । थपिएको मिति अनुसार चैत २६ गते सम्म महोत्सव सञ्चालन हुनेछ । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४ बुधबार ००:००  २ : ३३ बजे