८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वाणगंगा नगर संगठन कमिटीको दर्जन बढी नेतालाई जिम्मेवारी



हरि आचार्य, वाणगंगा ।
नेकपा एमाले वाणगंगा नगर कमिटीको बैठक शुक्रबार चार नम्बरमा बसेको छ । पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले पार्टीलाई एकताबद्ध गर्दै अगाडि बढाउँनुका साथै जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताका बिचमा विकास निर्माणका कार्य तिब्र रुपमा अगाडि बढाउँदै निर्माणाधिन विकासका कार्यहरुमा गुणस्तर हुनुपर्नेमा कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् ।
यसैबिच पार्टीको कार्यमा उल्लेखनिय कार्य गरेको भन्दै जिल्ला सचिवालयको निर्णय अनुसार एक दर्जन बढी नेतालाई नगर संगठन कमिटीको जिम्मेवारी दिइएको छ । जसमा पार्वती थापा, जानकी चौधरी, तारावती थारु, चन्द्रावती थारु, केशरा गुरुङ, सत्यनारायण थारु, द्धारिका प्रसाद चौधरी, उमाशंकर चौधरी, सुमित्रा थारु, हरि पोख्रेल, कृष्ण विक, लक्ष्मी थारु, सरस्वती गौतम, कृष्ण खनाल, कविराज गौतम तथा रुपा पालुगें मगर रहनुभएकोछ ।
वाणगंगा नगरका नगर उपप्रमुख एवं नगर कमिटि संयोजक चक्रापाणि अर्यालको अध्यक्षता, वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुसालको सञ्चालन रहेको कार्यक्रम प्रदेश सभा सदस्य कृष्ण पौडेल, पार्टी जिल्ला उपसचिव एवं पुर्व सांसद विश्राम प्रसाद थारु, जिल्ला कमिटिका उपाध्यक्ष बाबुराम खनाल, जिल्ला कमिटिका डम्बर शर्मा, युवराज पोख्रेल, पत्रकार, तथा क्षेत्र नं. १ का क्षेत्रिय पदाधिकारिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७४ शुक्रबार ००:००  १२ : ४६ बजे