५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

शिबपुरमा प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता अयाोजना, तयारी पुरा



गीता पौडेल, चन्द्रौटा ।
‘खेलकुद पर्यटन सांस्कृतिको पहिचान सामाजिक सद्भाव र देश बिकासमा युवा अभियान’ भन्ने मुलनाराका साथ सोमबारबाट शिबराज नगरपालिका १ शिबपुरमा शिब शक्ती युवा क्लवको आयोजनामा नव बर्षको सुरुवात संगै प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पहिलो पटक शिबपुरमा हुन लागेको क्रिके्रट प्रतियोगिता खेलको सम्पूर्ण तयारी पुरा भएको छ । सोमबार पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको क्लबले जानकारी गराएको छ । बिभिन्न जिल्लका १२ टिम दर्ता भइसकेको र अझै पनि दर्ता हुने क्रम जारी रहेकोले अझ बढ्न सक्ने आयोजकले जनाएको छ । खेल एलपि डब्लु बाहेक आइ.सि.सि.को नियम अनुसार नै खेल हुने कल्बका अध्यक्ष जय बल्लव भट्टराईले बताउनुभयो । कपिलबस्तुको पश्चिम क्षेत्र पछाडी परेको भन्दै खेलमा युवाहरुको जागरुकता बढोस भन्दै क्रिकेटमा यस क्षेत्र पछाडी परिरहेकोले पनि यो प्रतियोगिताको आयोजना गरेको आयोजक मोहन पौडेलले बताउनुभयो ।
बढदो क्रिकेट क्रेजलाई बचाउँदै लुकेर रहेका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यका साथै यस क्षेत्रमा हुने खेलले यस क्षेत्रमा रहेका पर्यटकिय स्थल जस्तै शिबगढी मन्दिर, सोनोवागढ मन्दिर लगायतका मन्दिरहरुको प्रचार प्रसार हुने र बिकासमा समेत टेवा पुग्ने भएकाले कपिलबस्तुको पश्चिम शिबपुरमा प्रदेश स्तरीय खेल आयोजना गरिएको शिब शक्ती युवा कल्वका सीमान्त गिरीले बताउनुभयो ।
खेलमा प्रथम हुनेलाई ६० हजार र दोस्रो हुनेलाई ३० हजार पुरस्कार राशी रहेको छ साथै उत्कृष्ट बलर, ब्याट्सम्यान, म्यान अफ द म्याचको पनि घोषणा हुने छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४ आइतबार ००:००  २ : ३० बजे