२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

उद्योगीलाई कर सम्बन्धी अभिमूखीकरण



हरि आचार्य, कपिलवस्तु ।
कपिलबस्तु उद्योग वाणिज्य संघ कपिलबस्तु र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको संयुक्त आयोजनामा मंगलबार कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम चारनम्बरमा गरिएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा ब्यवसाय दर्ता देखि स्थगन सम्मका प्रक्रियाहरु, स्थायी लेखा नम्बर, ब्यावसाय सञ्चालनका लागि आवश्यक पर्ने कागजातहरु, मुल्य अभिवृद्धि, कर दर्ता प्रक्रिया, मुल्य अभिवृद्धि भए पछिको प्रक्रिया, आयकर विवरण सम्बन्धि जानकारी, यसबाट हुने फाईदाहरुको बारेमा विभिन्न सम्बन्धित निकायका ब्यक्तिहरु संग अन्तरक्रिया गरिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै बहाल कर, अन्तशुल्क, दण्ड जरिवाना सम्बन्धी ब्यबस्थाहरु, आयकर, अन्तशुल्क सम्बन्धि दण्ड तथा जरिवाना तथा विद्युतिय माध्यमबाट विवरण बुभmाउने प्रक्रिया लगायत विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
संघका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत शरद पौडेल, कर अधिकृत तुल्सिराम फुल्देल, नासु हुम बहादुर विष्ट लगायतले गर्नुभएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्याल, वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनि, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्राई, कानुनी सल्लाहकार रविराज आचार्य, सल्लाहकार दुनिका प्रसाद भुसाल, लेखा संयोजक गुणानिधि भुसाल, कोषाध्यक्ष मोहन न्यौपाने, वाणिज्य कोषाध्यक्ष हुमनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल र उपाध्यक्ष छवि रेश्मी मगरको स्वागत मन्तब्य र संघका सचिव मनोज पौडेलले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७४ बुधबार ००:००  ३ : २८ बजे