३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

शिक्षक नेता भन्छन्, ‘शिक्षण सिकाई राम्रो भए मात्र शिक्षाको गुणस्तर माथि उठ्छ’



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा ३९ सौं शिक्षक दिवस विहिवार सिद्धार्थ क्याम्पस वुङचीमा मनाईएको छ । देशभरका शिक्षक एक हौ, गौरवशाली इतिहास, चुनौतिपुर्ण वर्तमान, गुणस्तरिय शिक्षाका लागि शिक्षामा शुसासन भन्ने नाराका साथ दिवस मनाईएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य नेत्र प्रसाद पन्थिले शिक्षकहरुको राम्रो सिकाईले मात्र शिक्षाको गुणस्तर माथि उठ्ने बताउनुभयो । गुणस्तरिय शिक्षाका लागि शिक्षामा शुसासन हुनु पनि उत्तिकै आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
उक्त अवसरमा शिक्षामा विशेष योगदान पुर्याएको भन्दै पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा पुर्व अध्यक्षहरु विष्णु प्रसाद भण्डारी, झविलाल पोख्रेल, नवराज पाण्डे, युवराज आचार्य, मेघराज ज्ञवाली, नन्दकिशोर शुक्ला, राम वहादुर गुप्ता, युवराज अर्याल, राजेन्द्र आचार्य, खुम प्रसाद आचार्य, जगन्नाथ मरासीनी रहनु भएको थियो । यस्तै निवृत्त एक दर्जन शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
उहाँहरु सबैजनालाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो । संगठनका अध्यक्ष रमेश पन्थिको अध्यक्षता सचिव गोबिन्द बेल्बासेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका सचिव रबि घिमिरे, पुर्व अध्यक्ष विष्णु गिरी, आदिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष खिम बहादुर जिसी, नेपाल वुद्धिजिवी परिषद्का केन्द्रीय सदस्य वालाराम ज्ञवाली, शिक्षक संघ कपिलवस्तुका अध्यक्ष अफाक अहमद खाँ लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४ शुक्रबार ००:००  ११ : २७ बजे