१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

‘एकद्धार प्रणालीबाट कर तिर्ने व्यवस्था हुनुपर्छ’



मायादेवी अनलाइन ।
प्रदेश सरकारको बजेट आउँदो असार १ गते आउँदैछ । देश संघीयतामा प्रवेश गरेसंगै प्रदेश सरकारले पहिलो पटक प्रदेशसभा मार्फत बजेट ल्याउन थालेको हो । हेरक बर्ष बजेट आउँने गरेपनि बजेट सोही रुपमा कार्यान्वयन हुन नसक्दा विकास सोचेजस्तो हुन सकेको छैन । तर, देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ । साथै स्थिर सरकार पनि देशले पाएको छ । यस्तो बेलामा आउँन थालेको प्रदेशको बजेट कस्तो हुनुपर्छ ? कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल संग गरिएको कुराकानी ।
म उद्योग वाणिज्य संघको अध्यक्ष हुनुको नाताले र यस समाजको जिम्मेवार नागरिकको हैसियतले हाम्रो ५ नं. प्रदेशमा भुगोल हेरेर औद्योगिक करिडोर छुट्याइनुपर्छ । राजमार्गमा प्रत्यक्ष असर पर्ने गरि राखिएका ठेला, टङ्की, विग्रिएका गाडि आ आफ्नो क्षेत्रमा पर्ने वडालाई व्यवस्थापन गर्ने जिम्मेवार दिनुपर्छ । फोहोर व्यवस्थापन नहुदा मुख्य बजारहरु कुरुप बन्दै गइरहेको अवस्था छ । त्यसो हुदा फोहोर व्यवस्थापनमा उचित व्यवस्था हुने गरि योजना बनाउनुपर्छ । हाट बजारलाई कृषि प्रयोजकको रुपमा उपयोगमा ल्याई किसानलाई महत्व दिनुपर्छ । किसानलाई समयमै विउविजन, मलखाद, सिंचाईको उचित व्यवस्थापनमा ध्यान पु¥याउनुपर्छ । खुल्ला बोर्डरबाट आउने अनियन्त्रित सामान भारतले प्रतिवन्ध लगाएका बस्तुहरु बजारमा भित्रने गर्छन, उपभोक्तालाई मध्यनजर गरि आयातमा रोक लगाउनुपर्छ । सार्वजनिक जग्गा अभाव हुँदा हाम्रा अधिकांश बजार अस्तव्यस्त बनेका छन् । त्यसलाई उचित प्रवन्ध मिलाउने गरि बजेटले स्पष्ट खाका कोर्नुपर्छ । किनकि जग्गा अभावले गर्दा व्यापारिहरुलाई व्यापार गर्न असहज भैरहेको छ । बजारमा दिनप्रतिदिन चाप बढ्दो छ, सवारीसाधन थपिदै गएका छन तर तिनको व्यवस्थापन गर्ने जग्गा छैन ? यो समस्या तत्काल समाधान गर्नुपर्ने देखिएको छ । व्यापारीहरुले तीनचार चरणमा राज्यलाई कर बुझाउनुपर्ने बाध्यता छ । एकद्धार प्रणाली हुनुपर्छ । व्यापारीहरुको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ । व्यापारीहरुलाई चन्दा आतङ्क, चोरी डकैती, आगजनी आदिले हैरान पु¥याएकोछ । अबको बजेटले त्यता तिर पनि ध्यान दिनुपर्छ । व्यापारीहरुको विमाको ग्यारेन्टी राज्यले गर्नुपर्छ । लोडसेडिङ्को समस्याले उद्योगी, व्यवासायि धरायसी भएका छन्, राज्यले लोडसेडिङ् मुक्त अन्त्य गरेको बताएको छ तर त्यो लागु हुन सकेको छैन । जनतन आएपनि लो भोल्टेज आउने, आधा आधा घण्टामा लाइन जाने कारणले हैरान पु¥याएको छ ।
राजश्व बुझाउन व्यापारीलाई एक दिनको बाटो भएर जानुपर्ने हुनाले प्रत्येक उद्योग वाणिज्य संघको नजिक राष्ट्रिय वाणिज्य बैंक स्थापना गर्नुुपर्छ । अहिले साह्रै झन्झिटिलो कष्ट र पीडा व्यहोर्नु परेको छ । औद्योगिक करिडोरको क्षेत्र यकिन गर्दा खोला, जंगल र राजमार्ग देखि केही भित्र हुनुपर्दछ । अन्यथा राजमार्ग अवरुद्ध, पोलुसनले बस्तीमा दुषित वातावरण र पर्यटकीय असर पर्ने गरि करिडोर बनाउँदा समस्या आउँछ । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्दछ ।
लुम्बिनी, तिलौराकोट, जगदीशपुर ताल, रानी महल, सुपादेउराली, श्रीङ््गीघाट (श्रीङ्गी ऋषिले तस्पया गरेको स्थान), देवदह, सगरहवा, स्वर्गद्धारी, वागेश्वरी, शिवगढी जस्ता पर्यटकीय स्थानलाई अचित सम्वर्धन र व्यवस्थापन भयो भने ५ नम्बर प्रदेश चम्कन्छ । बजेटको ध्यान यता तर्फ जानुपर्छ ।
छाडा गाइबस्तुको व्यवस्थापकियमा यदि ध्यान दिन सकिएन भने अबको एक दुई बर्षमा उर्वराभूमि मरुभूमिमा परिणत हुनेछ ? किनकि यही समस्याका कारण २५ प्रतिशत किसानहरु विस्थापित भएको अवस्था छ । जग्गा ढेक्का लिएर खेती किसान गर्ने किसानको बाली सखाप भएपछि खेती के का लागि गर्ने ? गम्भिर तरिकाबाट यसको समाधान गनुपर्छ ।
आजभन्दा ३८ बर्ष पहिला कपिलवस्तु जिल्लाले पहाडी तीन जिल्लालाई खाद्यान्न पु¥याउने गर्दथ्यो । अहिले जिल्लालाई पनि नपुग्ने स्थिती छ । कारण छाडा गाईबस्तुले सताउनु, सिंचाईको राम्रो व्यवस्था नहुनु, उचित समयमा मलखाद विउविजन नपाउनु, खुल्ला सिमानाबाट माटो सरहको खाद भित्राएर उर्वरा नष्ट हुनु र विउविजनमा अत्याधिक विषादीको प्रयोग गरिनु हो । यसको कारणले अन्नबालीमा ह्रास आएको छ । यस विषयलाई सही व्यवस्थापन गरि ५ नं. प्रदेश सरकारले ध्यान पु¥यायो भने यस प्रदेश अब्बल र आधा नेपाललाई पाल्ने र अर्थतन्त्रमा धनि हुने कुरामा कुनै शंका छैन ।
समग्रमा प्रत्येक उद्योगी, व्यापारी, व्यवससायिहरु सफल, सक्षम, व्यवस्थित, परिमार्जित समय चक्र संगसंगै राष्ट्रको उन्नतीमा उन्मुख हुनु पर्दछ । त्यो हुनु भनेको आफ्नो पनि उन्नती हुनु हो । त्यसो भएकाले आर्थिक समृद्धिको लागि प्रत्येक नागरिक जुटौ, बजार व्यवस्थित गरौँ, सकारात्मक सोच लिऔ, अरुको आशा भन्दा आफुले गरेर देखाउँ । सबैको सहमती र सहकार्यले बल्ल समृद्धि आउन सक्छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  ५ : ३८ बजे