५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विजयनगर गाउँपालिका पहिलो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा



माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिका खुल्ला दिसा मुक्त गाउँपालिका बनेको छ । यो संगै जिल्लाका ४ गाउँपालिका मध्ये विजयनगर गाउँपालिका जिल्लामै पहिलो खुल्ला दिसामुक्त हुने गाउँपालिका बनेको छ । विहीवार एक कार्यक्रम आयोजना गरि गाउँपालिकालाई खुल्ला दिसा मुक्त गाउँपालिका घोषणा गरिएको हो । साविक ४ गाविस मिलेर बनेको गाउँपालिका मध्ये साविक पत्थरदेहिया गाविस खुल्ला दिसामुक्त घोषणा हुन बाँकि रहेको थियो । साविक गुगौली गाविस कपिलबस्तुको पहिलो अर्थात २०६७ सालमा खुल्ला दिसामुक्त घोषणा भएको थियो ।
हाल वडा न १ र २ मा १ हजार ६ सय १४ घरधुरीमा शौचालय रहेको गाउँपालिका अध्यक्ष गोपाल थापाले वताउनुभयो । त्यस्तै साविक खुरुहुरीया गाविस तथा हाल वडा ५ र ६ मा १ हजार ३ सय ६२ घरधुरीमा शौचालय निमार्ण भएपछी खुल्ला दिसा मुक्त घोषणा भएको थियो । त्यस्तै साविक गणेशपुर गाविस हाल विजनयगर गाउँपालिका वडा ७ मा ८५४ घरधुरी निमार्ण भए पछी खुल्ला दिसा मुक्त घोषणा भएको अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गाउँपालिका भित्र रहेका सम्पुर्ण वडाहरु खुल्ला दिसा मुक्त घोषणा भएपछी वडा ३ सगै गाउपालिका नै खुल्ला दिसा मुक्त घोषणा भएको छ ।
विजयनगर गाउँपालिका प्रमुख थापाले आगामी दिनमा अनिवार्य शौचालयको प्रयोग, सार्वजनिक स्थलहरु सफा राख्नु पर्ने, खुल्ला ठाउँमा सौच गरेको पाइएमा जरीवाना सहित कार्वाही गर्ने, सरसफाई परिचयपत्र बिना गाउँपालिका तथा वडाबाट पाउने सेवा सुबिधा राक्का गर्ने, २०७८ साल सम्म पुर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने लगायतका निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष थापाले खुल्ला दिसा मुक्त घोषणा गर्न सहयोग गर्ने पश्चिम नेपाल खानेपानि सरसफाई परियोजना दोस्रो चरण, सु आहारा, सरसफाई अभियान्ताहरुलाई कार्यक्रम मार्फत धन्यवाद दिए ।
कार्यक्रमलाई संम्बोधन गर्दै जिल्ला सम्मन्वय समिति उप प्रमुख तारावती चौधरीले कपिलबस्तुका जिल्लाको विजयनगर गाउंपालिका नमुना गाउँपालिका बनाउने अभियान स्वरुप एउटा सरकारको लक्ष्य पुरा गरेकोमा खुसी व्यक्त गर्नुभयो । चौधरीले भन्नुभयो “आजको समयमा पनि शौचालय बनाउनु भनेर सिकाउनु लज्जास्पद विषय हो”े । चौधरीले बिजयनगरबासि र सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिंदै खुल्ला दिसामुक्त क्षेत्र घोषणालाई पुर्ण रुपमा कार्यानयन गर्न अनुरोध समेत गर्नुभयो । कार्यक्रममा मार्फत खुल्ला दिा मुक्त घोषणा गर्न सहयोग गर्नेहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ ।
कार्यक्रमका अवसरमा पुर्व सांसद बलराम अधिकारी, जिल्ला सम्न्वय अधिकारी जगन्नाथ लामिछाने, खानेपानी तथा सव डिभिजन कार्यालयका प्रमुख कैलाश नायक, पश्चिम नेपाल खानेपानी सरसफाई कार्यक्रमका चन्द्र झा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिति उप प्रमुख तारावती चौधरीको प्रमुख आतिथ्यतामा बिजयनगर गाउँपालिका प्रमुख गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५ बिहिबार ००:००  ३ : ४७ बजे