२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अर्घाखाँचीमा जिप दुर्घटना : ११ जना घाईते



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको सितगंगा नगरपालीका वडा नं ५ जुकेना बंसेरीमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । ठाडा अमराईबाट जुकेना हुदै धनचौर तर्फ जादै गरेको लु १ ज १७६७ नम्बरको जिप दुर्घटना भएको हो ।
अर्घाखाँची मालारानी ७ का जिप चालक ३७ बर्षिय कमल जिसी, भुमिकास्थान नगरपालीका १० की ४० बर्षिय धनिकला पुन, सोहि ठाउँका १० बर्षिय रेशम गैरे, ४४ बर्षिय केशव पुन, ५५ बर्षिय सरस्वता गैरे, १२ बर्षिय रेशम गैरे घाईते हुनु भएको छ ।
त्यस्तै रूकुम जिल्ला त्रिबेणी गाँउपालीका ८ का २८ बर्षिय टेकम खड्का, जिल्ला काठमाण्डांै नागार्जन नगरपालीका बस्ने ३२ बर्षिय दिपक बस्नेत, अर्घाखाँची सितगंगा ६ का ६४ बर्षिय दिल बहादुर नेपाली, ६२ बर्षिय जुनकला नेपाली, २२ बर्षिय समिता जिसी घाईते हुनु भएको छ । घाइते मध्ये ५ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । जिपमा १२ जना सभार रहेको बताईएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५ बुधबार ००:००  १ : २२ बजे