२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पर्यटक टिकाउने व्यवस्था गर



सन् २०१४ मा बेलायतको दुर्हम बिश्वबिद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले एउटा अध्ययन गरेको थियो । कपिलवस्तुको तिलौराकोटमा आउँने चार प्रकारका आगन्तुक पर्यटकहरुले औषत ३९ मिनेट मात्र समय बिताउने गरेको । जुन विडम्वनाको कुरा हो । संसारका बौद्धमार्गीहरुको गन्तव्य स्थल तिलौराकोटको हालतलाई यसले प्रष्ट झल्काएको छ । धेरै भन्नु केही छैन । अहिलेको अवस्थामा यस्तो अवस्था आउँनु लज्जास्पद कुरा हो । अहिलेको २१ औँ शताब्दीमा यस्तो हुनु राम्रो होइन । हामीले किन महत्व बुज्न सक्दैनौ प्रश्न यहाँ निर छ ।

अध्ययनका अनुसार बुद्धको क्रिडास्थल तिलौराकोट दरबार अवलोकनका लागि आएका पर्यटकहरु केही बेर अवलोकन गरे पछि फर्कने गरेका छन् । यहाँ आउने पर्यटकहरु निकै कम समय बिताएर फर्कने गरेका हुन् । बुद्धको पिता राजा शुद्धोदनको राजप्रसाद तिलौराकोटमा गरिएको स्थलगत अध्ययन र अनुसन्धानले सो कुरा देखाएको हो । यसबाट पनि कपिलवस्तु पर्यटकीय लाभबाट बंचित रहँदै आएको देखिन्छ । पर्यटकको आवगमनमा भने बर्षेनी बृद्धि हँदै गएको छ । तिलौराकोटको पश्चिमी, पुर्बीद्धार र मुख्य दरबारमा पुगेर केही समय मै पर्यटक फर्किने गरेका छन । पर्यटकहरु तिलौराकोटको दयनीय अवस्था देखेर निराश बनेर फर्कने गरेको अध्ययनले देखाउँछ । पर्यटकहरुलाई आकर्षण गर्ने खालको वातावरण यहाँ छैन । त्यसले गर्दा पर्र्यटकहरु धेरै बेर बस्ने अवस्था यहाँ छैन । विश्वले चिन्ने सम्पदा भइकन पनि तिलौराकोट वरपरको नराम्रो बातावरणले पर्यटकको मनलाई लोभ्याउन सकेको छैन ।

यति मात्र होइन यहाँ आउने पर्यटकले केवल १ सय १० रुपैँया मात्र खर्च गर्ने गरेको पनि अध्ययनको संक्षिप्त प्रतिबेदनमा उल्लेख छ । अध्ययन गर्दा पर्यटक संग सोधपुछ गरिएको बताइन्छ । ७ प्रतिशत मात्र तौलिहवामा र बाँकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेका छन् । ती पर्यटक तौलिहवामा बसेको भए तिनीहरुले १ हजार ५ सयका दरले खर्च गर्ने अध्ययनले देखाउँछ । तिलौराकोटमा विशेष गरि म्यानमार, श्रीलंका, भारतबाट बढी पर्यटक आउने गर्दछन । धरै पर्यटकहरु धार्मिक दृष्टिले आउने गरेका छन् । आधा जति पहिलो पटक र २० प्रतिशत एक भन्दा बढी तथा ६ पटक भन्दा बढी समेत यहाँ पर्यटक आउने गरेको भेटिएको थियो । ४६ प्रतिशत कार र बाँकी सार्बजनिक सवारीमा आउने गरेका छन् । धरैजसो तिलौराकोट, कुदान लगायतका क्षेत्रमा भ्रमण गर्न प्याकेजका रुपमा आउँने गरेको पाईएको छ ।

तिलौराकोट भ्रमण पछि जिल्लामा रहेका अन्य बुद्धस्थलहरु निकै कम मात्र जाने गरेका छन् । तिलौराकोटको ५ सय मिटर उत्तरमा रहेको मायादेवी र शुद्धोदनको समाधिस्थल भनिएको धरमपनिया स्तुपमा ११ प्रतिशत पर्यटक मात्र जाने गरेका छन् । तिलौराकोट जाने बाटौमै रहेको कपिलवस्तु संग्राहलयमा तिलौराकोट आएका ९ प्रतिशत मात्रले अवलोकन गर्ने गरेका छन् । पर्यटकीय क्षेत्र भए पनि पुर्वाधारको अभावका साथै सुन्दरीकरण नभएकाले जिल्लामा प्रशस्त संभावना रहे पनि पर्यटकीय लाभ लिन नसकेको पुरातत्वविद् बताउँदै आएका छन ।

पर्यटकीय स्थलहरुको पुर्वाधार विकास, राम्रो होटल तथा रेष्टुरेन्ट र आवशीय सुविधा यहाँ छैन । त्यसले गर्दा पर्यटक तिलौराकोटमा टिक्न सक्दैनन । साथै पर्यटन व्यवसाय फस्टाउँन नसक्दा पनि यस्तो समस्या आएको हो । विश्व विकास निर्माणमा दु्रत गतिमा अगाडि छ । तर, हाम्रो देशमा अवस्थित संसारका बौद्धमार्गीहरुको गन्तव्य स्थलको अवस्था यस्तो छ । जसले गर्दा देशको हविगत कहाँ छ प्रष्ट झल्काउँछ । विश्वको ध्यान खिच्ने तिलौराकोटको विकास किन हुन सकेन ? राज्यको नजर यहाँ किन परेन ? सर्वसाधारणको साझा प्रश्न यही हो ।

देश विकासको मेरुदण्ड भनेको पर्यटन क्षेत्र हो । दुँनियामा मरुभूमिलाई स्वर्गभूमि बनाएका उहाहरण प्रशस्त छन । तर, हामी स्वर्गभूमिलाई नर्कभूमि बनाइ रहेका छौँ । विश्वका पर्यटकलाई आकर्षित गरेर तिलौराकोटमा पर्यटकलाई टिकाउन सक्ने हो भने मात्र देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने छ । यता तिर अबको केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने देखिन्छ । पटक पटक जिल्लाबाट राजनीति गर्नेहरुले पनि तिलौराकोटको विकासका लागि केही सोचेनन् भन्ने कुरालाई पनि झल्काएको छ । जसले पहल गरेनन् अब त्यता तिर जानुभन्दा पनि तिलौराकोटको विकास कसरी गर्ने र पर्यटकलाई कसरी टिकाउने वातावरण मिलाउने भन्ने तिर सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  ६ : ४७ बजे