१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

थारुको छोरो हुँ झुटो बोल्न जान्दैन, बोलेको पुरा गर्छु : मेयर थारु



मायादेवी अनलाइन, कपिलवस्तु ।
वि.सं. २०१६ मा जन्मिनु भएका मगंल प्रसाद थारुले कक्षा १० बाटै राजनीतिक यात्रा सुरु गर्नु भएको हो । विद्यार्थी जीवन मै राजनीति प्रति सक्रिय थारु एसएलसी पछि भने विभिन्न कारणले ६ वर्ष सम्म पढाईलाई निरन्तरता दिन सक्नु भएन । पछि स्वइच्छाले आईएसी एजी अध्ययन गर्नुभयो । २०४६ सालमा जनआन्दोलन पछि २०४९ साल सम्म थारु तत्कालिन नेकपा (एमाले) मा प्रवेश गर्नुभयो र त्यही पार्टीबाट उहाँ तत्कालिन हथौसा गाविसको उपाध्यक्षको टिकट पाउनु भयो तर झिनो मतान्तरले पराजित हुनुभयो । तर, उहाँ निरन्तर पार्टीमा आबद्ध भई सक्रिय रहनुभयो । पछि विं.सं. २०५४ सालको निर्वाचन थारु एमालेबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभयो । पछि उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उहाँ वाणगंगा नगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो । अहिले थारु मेयर पदमा रहेर काम गरिरहनुभएको छ । स्थानीय तहको निर्वाचन भएको झण्डै एक वर्ष बित्नै आटेको छ । जनप्रतिनिधीको एक वर्ष संगै मेयर थारुले पनि धेरै अनुभव बटुल्नु भएको छ । तिनै मेयर थारु संग सहकर्मी दीपा महतले गर्नुभएको कुराकानी ।
-एक बर्षलाई नियाल्दा तपाईले कस्तो अनुभव गर्नुभयो ?

संघीयता लागु भैइसके पछि संरचना पनि चेन्ज भएका छन् । त्यसैगरि केही नीतिनियम पनि चेन्ज भएर अहिले पनि बाझिरहेको अवस्था देखिएको छ । हामीले पहिलो वर्ष नगरपालिकाबाट जुन बजेट बिनियोजन गर्यौ त्यसमा कसैलाई काखा, कसैलाई पाखा नलगाई कुनै सेक्टर पनि छोडेनौ । अरु नगरपालिका वा गाउँपालिकाले चाही कृषिमा लगानी ग¥यो भने पशु छाडिदिएको रैछ अनि कसैले शिक्षामा लगानी ग¥यो भने स्वास्थ्य छोडदिएको रैछ । तर, हामीले पशु, स्वास्थ्य, शिक्षा लगायत सबै सेक्टरहरुलाई र लक्षित वर्ग महिला, आदीबासी जनजाती, दलित, मुिस्लम, पिछडा वर्ग सबैलाई समेटेर बजेट बिनियोजन गर्यौ । त्यही हिसाबले काम गर्दै आएका छौ । जिल्लाकै अरु स्थानीय तहभन्दा हामी सुचांकमा पहिलो छौ ।

– एक वर्ष सम्म काम गरिरहँदा जनताको बीचमा गरिएको बाचा पूरा गर्न सक्नुभयो ? सक्नुभयो भने के सक्नुभयो र सक्नु भएन भने किन सक्नु भएन ?

अब यस्तो छ । सबै एकै सालमा पुरा गर्न हामी संग जादुको छडी पक्कै छैन । प्रमुख कुरा त हामी यो वाणगंगा नगरपालिकालाई एउटा समुन्नत, सुन्दर र समृद्ध नगर बनाउने यहाँका जनता संग प्रतिबद्धता जाहेर गरेका छौ । त्यही अनुरुप हामीले कामहरु अघि बढाई सकेका छौ । अरु धेरै कामहरु गर्न बाँकी छ । अब हरेक वडामा स्वास्थ्य केन्द्र, हरेक टोलमा शुद्ध खानेपानी पु¥याउने बाचा हामीले गरेका छौ । त्यसैगरि यहाँको जग्गा ब्यवस्थापन, सुकुम्बासी समस्या समाधान लगायतका विषय केन्द्र सरकारले हल गर्नुपर्ने देखिन्छ । यी कुरा हामीले चाहेर पनि गर्न सक्दा रैनछौँ । अरु धेरै कामहरु जस्तै यहाँका बाटाघाटाहरु, विद्यालयको सन्दर्भमा हामीले काम अगाडि बढाई सकेका छौ । मैले तपाईलाई पहिले पनि भने जिल्लामा अन्य स्थानीय तह भन्दा धेरै अघि नै छौ ।

– मुलुक झण्डै दुई दशक जनप्रतिनिधि विहिनभयो । कर्मचारीले देश चलाउँदा विकास हुन नसकेको हो भन्ने राजनीतिक पार्टीको आरोप पनि थियो । तर अहिले मुलुकले जनप्रतिनिधि पाएको छ । पहिले र अहिलेमा केहि फरक पाउनुभयो ?

झण्डै २० वर्ष सम्म कर्मचारीबाटै स्थानीय तह चलेको थियो । तर, सवै कर्मचारीहरु गलत हुन्छन भन्ने होइन, सबै कर्मचारी गलत हँुदैनन् । स्थानीयको समस्या के कस्तो छ भन्ने कुरा अवश्य पनि कर्मचारीले भन्दा जनप्रतिनिधिले नै बुझ्न सक्छन । आफ्नो गाउँठाउँको विकास गर्न सकिन्छ । जनतालाई साच्चिकै हामीले स्थानीय सरकार पायौ भन्ने अनुभुती गराउनको लागि हामी संगै सम्पूर्ण वडा अध्यक्ष, सदस्य र कर्मचारीहरु पनि लागि रहनु भएको छ । जनताले अनुभुति गर्नेगरी काम गर्ने छौ ।

-तपाईको कार्यकाल लभगभ एक बर्ष पुगे संगै नयाँ आर्थिक बर्ष पनि शुरु हुन लागेको छ ? अबको एक बर्ष तपाईको नगरबाट के कस्ता काम गर्ने योजनामा हुनुहुन्छ ?
अबको आर्थिक वर्षमा विशेष गरि प्रत्येक वडामा समस्याहरु केके छन् । शिक्षा सम्बन्धि सेक्टर त हामीले छोडेका थिएनौ ०७४÷७५ मा । त्यही पनि शिक्षामा हामीले ५० लाख छुट्यायौ । अब अहिले हामीले हरेक कामहरु कुन सेक्टरमा अलि बढी रकम छुट्याउनुपर्ने त्यसलाई पनि अब हामीले मुल्याङ्कन गरिराखेका छौ । समाजमा शिक्षा र स्वास्थ्य भएन भने अरु विकास निर्माणका काम गरेर पनि के फाईदा । त्यस कारणले अब हामीले नगरपालिका बालमैत्री स्थानीय शासन घोषणा हुनुपर्छ भनेका छौ । त्यसको लागि पनि हामी पहल गरिरहेका छौ र त्यो कार्यक्रम पनि अघि बढि सकेको छ । बजेट बिनियोजन गर्दा हामीले हरेक सेक्टरलाई समेटेका छौ र अझैपनि त्यस्तो केहि छुटेको छ भने त्यसलाई पनि समाबेश गर्ने छौ । अब एउटा युवा संसद समिती गठन गर्नुपर्ने देखिएको छ । त्यसको मुख्य कारण के हो भने अब अहिलेको जनप्रतिनिधि कोही औठा छाप पनि हुनुहुन्छ । त्यसका कारणले उसको उमेर पनि तोकिएको छ १६ देखि २४ वर्ष । यो उमेरमा त त्यो युवाले ब्याचलर क्लियर गरेको हुन्छ । र ती युवाहरु यदि सामाजिक र राजनीतिक क्षेत्रमा आउन चाहनुभयो भने उहाँहरु एउटा दक्ष जनशक्ती भएर आउँन सक्नु हुन्छ । त्यस कारणले यो समिती बनाउँने भनेर हामीले मिटिङ बस्ने भनेका छौ । अब महिलाहरुको विषमा पनि उहाहरुलाई हरेक क्षेत्रमा अघि कसरी बढाउने भनेर हामी लागेका छौ ।

– बढ्दो प्रविधि संगै वाणगंगा नगरपालिकामा गरिने हरेक कामहरु प्रबिधि मैत्री बन्न सक्ला त ?
किन न सक्नु । हामी प्रबिधिको प्रयोग गरी नगरपालिकाबाट हुने हरेक कामलाई सहज बनाउने प्रयासमा जुटेका छौ । र वडाबाटै गर्ने सम्पूर्ण कामहरु प्रवधिमैत्री हुनेगरी गर्न लागि परेका छौ ।

-र अन्त्यमा तपाईले गरेका कुरा पुरा गर्ने बाचा गर्न सक्नुहुन्छ ?

अब जुन अवधि हो त्यो अवधि सम्म म मेरो तर्फबाट पुरा लागि पर्ने छु । जे कुरा बोलेको छु त्यो पुरा गर्ने छु । थारुको छोरा हो झुटो बोल्न जान्दैन । नगरपालिकालाई कसरी राम्रो बनाउन सकिन्छ त्यसमा नै लागि रहनेछु । नगरलाई हरेक कुराले समुन्नत, समृद्ध बनाउने मेरो उद्देश्य हो । चुनावको बेलामा बाडिएको सपनालाई विपनामा परिणत गर्ने तर्र्फ हामी हरदम लागि रहने छौ । साच्चि नै सिंहदरबारको अधिकार गाउँगाउँमा आएको महशुस जनताले गर्ने छन् । म यो दाबीका साथ भन्न सक्छु र अन्त्यमा वाणगंगा नगरबासीलाई के भन्न चाहन्छु भने नगरपालिकाका हरेक क्षेत्र चाहे त्यो धार्मिक स्थल होस, चाहे पर्यटकीय स्थल होस । त्यसको प्रर्बद्धन र लक्षित वर्ग, महिला आदीवासी जनजाती, मुस्लिमहरुको समस्यालाई समाधान गर्ने प्रतिबद्धता यहाँहरु समक्ष गर्दछु । त्यसका लागि तपाईहरुको साथ र सहयोगको आवश्यक्ता पर्छ । मिडियाले पनि नगरपालिकाले गरेका सकारात्मक काममा सहयोग र नकरात्मक कार्य गर्दै छ भने त्यसमा खबरदारी गर्नुपर्छ । जनप्रतिनिधी भएर कार्य सम्हालेको एक वर्ष भित्रका अनुभवहरुलाई आर्थिक खबर पत्रिका मार्फत समेट्ने कोशिस गर्नुभयो त्यसका लागि आर्थिक खबर पत्रिकालाई धेरै धेरै धन्यवाद ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : २९ बजे