१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

चुनावी प्रतिवद्धता ५ बर्षमा पुरा गरेरै छाड्छौ : उपमेयर अर्याल



मायादेवी अनलाइन, कपिलवस्तु ।
वि.स. २०२६ सालमा स्याङ्जाको हाल गल्याङ नगरपालिकामा जन्मनुभएका चक्रपाणी अर्यालले विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गर्नुभएको हो । विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय अर्याल एक जुझारु युवा नेताको रुपमा पनि चिनिनुहुन्छ । नेकपामा जिल्ला स्तरका नेता तथा वाणगंगा नगरपालिकाका उपमेयर समेत रहनु भएका अर्याल संग जनप्रतिनिधीको एक वर्षे कार्यकाल कस्तो बित्यो भनेर सहकर्मी दीपा महतले गर्नुभएको कुराकानी ।

एक बर्षलाई नियाल्दा तपाईले कस्तो अनुभव गर्नुभयो ?
यो एक वर्ष हामीले अत्यन्तै व्यवस्थित तरिकाले कटाएका छौँ । हाम्रो नगरको टिममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु हुनुहुन्छ र हामीले व्यवस्थित योजनाका साथ कामलाई अघि बढाएका छौ । हामीले करिव ३८ करोडको विकास योजनाहरु संचालन गरेका छौ । ६७ करोडको हाम्रो यस नगरको बजेट थियो । त्यसमा शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवाका शसर्त अनुदान, सामाजिक सुरक्षा भत्ता सहित ६७ करोडको थियो भने ३८ करोड चाही विकास बजेट संचालन गरेका छौ । ११ वटै वडामा ९० प्रतिशत काम सम्पन्न गरिसकेका छौ । हाम्रा वडा अध्यक्षहरु रातदिन खटेर काम गर्नुभएको छ । साथै हामी निरन्तर अनुगमनमा लागेका छौ । र, हामी विकास निर्माणका काममा सन्तुष्ट छौ ।

चुनावको बेलामा जनताका बीचमा गरिएको बाचा पूरा गर्न सक्नु भयो कि नाई ? सक्नुभयो भने के ? सक्नुभएन भने किन ?

बाचा पुरा गर्दै छौ । चुनाबका बेला जे जति बाचाहरु ग¥यौ ति सबै ५ वर्ष भित्र पुरा गर्न सक्छौ । यो पहिलो वर्ष भएको हुनाले यो वर्षका योजनाहरु सबैभन्दा बढी रकम भौतिक पूर्वधारमा खर्च गरेका छौ । त्यस पछि हाम्रा शिक्षा, स्वास्थ्य, रोजगारका कुराहरु हामीले क्रमश सुधार गर्दै जाने छौ । हाम्रा चुनावी घोषणा पत्रमा धेरै कुरा थिए । जस्तै पर्यटन विकास, आर्थिक समृद्धी, रोजगारी, आर्थिक समानता, लैंगिक हिंसा न्यूनिकरण जस्ता जति पनि हाम्रा घोषणापत्र भित्र उल्लेख छन् यी सबै ५ वर्ष भित्र पुरा गर्ने छौ ।

युवाहरुलाई स्वदेश मै रोजगारीको ग्यारेन्टी भनिरहँदा यसका आधारहरु केके हुन त ?
हामीले लघु उद्यम विकास कार्यक्रम संग समन्वय गरेर ५ वर्षे रणनितिक योजना तयार गरेका छौ । यसले हाम्रो यस नगरपालिका भित्र साना घरेलु उद्योगहरुलाई प्राबिधिक सहयोग, बजारीकरण, अभिमुखीकरण जस्ता कार्यक्रमहरु सञ्चालन गर्नेछ । हामीले त्यसलाई करिव ५ वर्षको लागि साढे ४ करोडमा सम्झौता गरेका छौ । त्यो लगायतका हाम्रा कृषि संग सम्बन्धित कृषिमा काम गरेका जस्तै पशुपालन, मौरीपालन, तरकारी खेती संग संलग्न युवाहरुलाई कृषिको हाते ट्याक्टर वितरण ग¥यौ । पम्पसेट वितरण ग¥यौ, मौरी क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेर अनुदान दिने ब्यवस्था गरेका छौ, पशु सेवामा हामीले गोठ सुधारको कार्यक्रममा लगानी गरेका छौ । बाख्रापालनलाई अनुदान दिएका छौ, उन्नत जातका बाख्रा, बोकाहरु वितरण गरेका छौ, मिल्क क्यान वितरण गरेका छौ । यसरी हामीले युवा स्वरोजगारलाई क्रमश प्रमोसन गर्दै लगेका छौ । प्रोत्साहन पनि गरेका छौ र गर्ने छौ ।

नगर उप्रमुख पदमा बसिरहँदा चाहेको काम गर्न सकिन्छ या सकिदैन ? मेयर संगको समन्वय कस्तो छ ?
पक्कै सहज छ । हाम्रोमा त्यस्तो केही समस्या छैन । हामी कुनैपनि कुरा पहिले नै योजना बनाएर गर्छौ । जे योजना हामीले बनाएका छौ हामी प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारीहरु त्यही योजनामा नै चल्ने हो । आफ्नो खुसी भनौ या आफुले तत्काल योजना बनाएर चल्दैनौ । यहाँका कर्मचारी सबै त्यही योजना मै चल्ने हो । हामीले योजनाका किताब बनाएका छौ । ती योजनामा केन्द्रित रहेर काम गर्ने हो । आ–आफ्नो जिम्मेवारी, आ–आफ्नो भुमिका निर्वाह गर्ने हो । त्यसमा हामीलाई केही समस्या छैन ।

तपाई नगरको उपप्रमुखका साथै न्यायिक समितिको संयोजक पनि हो ? काम के गर्नुभयो ?

न्यायिक समितीमा त हामी संग अहिले ३१ वटा मुद्धा आएका छन । र त्यसमा हामीले १६ वटा फर्छौट गरिसकेका छौ । त्यसमा जग्गा सम्बन्धि विवाद १३ वटा, सम्बन्ध विच्छेद ५ वटा, घरायसी २ वटा, ब्यक्तिगत ४ वटा, अशंवण्डाको २ वटा र लेनदेनको ४ वटा गरि ३१ वटा मुद्धा आएका छन् । फर्छौट चाही हामीले जग्गा सम्बन्धी ८ वटा गरिसकेका छौ, सम्बन्ध विच्छेद चाही हामीले यहाँबाट आफ्नो प्रक्रिया पुरा गरेर सम्बन्धित निकाय समक्ष पु¥याई सकेका छौ, लेनदेनका ३ वटा र घरायसी १ वटा मुद्धाको हामीले फर्छौट गरेका छौ । अब यो आर्थिक मसान्त भित्रमा हामी करिब करिब सबै एकै चरणमा छलफल गरी टुङ्गाउने योजनामा छौ ।
तपाई योजना अनुगमन समितिको संयोजक हो ? काम जस्तो सुकै होस सदर गर्नुभएको छ ? या नराम्रोलाई पनि राम्रो भन्नुएको छ ? नराम्रो भनेको भए उदाहरण दिनुस ?

होइन नराम्रोलाई त सदर गरिदैन । नराम्रोलाई त नराम्रो नै भनिन्छ नि । उदाहरण छ हामी संग । हामी अनुगमनमा जादा कालोपत्रे २ वटा सडकको कमजोरी देखियो । प्राविधिकहरुले कमजोर भन्नुभयो । हामीले प्राविधिकलाई आधार मान्ने हो । त्यो सडक कमजोर भने पछि हामीले भुक्तानी रोक्यौ । त्यहाँ चाँही पुनः मर्मत गर्ने देखियो, थिग्नेस कम, पातलो भयो भन्ने गुनासो आयो । पछि हामी त्यसलाई बोलाएर उपभोक्ता समितीलाई भन्यौ र पछि उहाँहरुले राम्रो काम गर्नुभयो । पछि फेरि प्राविधिक जानुभयो । उहाँहरुले सदर गरेपछि मात्र हामीले भुक्तानी अघि बढायौ । सबै त फाईल नहेरी भन्न सकिन्न तर धेरैजसो वडाहरुमा हामीले स्टिमेट नपुगेर बदर गरेका पनि छौ ।

चुनावको बेला चुनाव जित्नकै लागि विभिन्न सपना बाड्नुभएको थियो । ती सपना पुरागर्न सक्नुहुन्छ  ?
होइन पुरा गर्न सकिन्छ । किनभने हामीले नसक्ने काल्पनिक कुरा गरेका थिएनौ । हामीले चुनावी घोषणा पत्रमा जे समाबेश गरेका थियौ । जे बाचा गरेका थियौ । त्यो यही वाणगंगा नगरपालिका कै सन्दर्भमा यहाँको वस्तुस्थितिलाई हेरेर, यहाँको विकास निर्माणको चाहनालाई हेरेर र यही सम्भव रहेका कुराहरुलाई मात्रै आधार मानेर बाचा गरेका थियौ र हामी यही वर्षमा त सबै पुरा गर्न सक्दैनौ स्रोत साधनको अभावले । तर, ५ वर्ष भित्र हाम्रा चुनावी घोषणापत्र भित्र उल्लेख गरिएका सबै कुरा पुरा गर्ने प्रतिबद्धता जनाउँछु ।

अन्त्यमा आर्थिक खबर पत्रिकामा तपाईले आगामी दिनमा पूरा गर्ने बाचा गर्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने के गर्न सक्नुहुन्छ ?

अब सयमा सय प्रतिशत सम्भवत कही पनि पुरा नहोला तर हामी जनतालाई सन्तुष्टि हुने गरेर परिणाममुखी काम गरेर देखाउँछौ । प्रतिशत मै कुरा गर्नेहो भने ८० प्रतिशत भन्दा धेरै काम सम्पन्न भई सकेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो नगरले गरेका कामहरु सबै जनतासम्म पु¥याइ दिनुभएकोमा आर्थिक खबर पत्रिकालाई धेरै धन्यवाद । र, अबको ५ वर्ष पछि हाम्रो वाणगंगा नगरपालिका समृद्ध, हरियाली, भौतिक पूर्वाधारले पूर्ण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवामा हामी गुणस्तरीय हिसाबले फड्को मार्छौ यही प्रतिबद्धता जनाउँछु ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : ३२ बजे