८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हुँदैछन चन्द्रौटाका युवा साइकिलिंग प्रति आकर्षित



दिपक खड्का, चन्द्रौटा ।
‘स्वास्थ्य नै जिवन’ हो भन्ने नारालाई सार्थक गर्न चन्द्रौटाका धेरै जसो युवाहरु अहिले साईकिलिङ्ग गर्न तर्फ आकर्षित हुन थालेका छन् । बदलिदँै गरेको समय संगै सरुवा रोगवाट मानिस बच्दै गए पनि बिलसिताको ब्यस्त जीवन तथा असन्तुलित दैनिक खानपानका कारण मधुमेह, युरिक एसिड, कोलेस्टोल जस्ता विभिन्न नसर्ने रोगका शिकार हुदै गएको अवस्थामा साईकिलिङ्गको महत्व झनै बढ्दै गरैरहेको छ । युवाहरुलाई स्वास्थ्य प्रति सचेत गराउन साईकल चलाउने अभियानलाई अगाडी बढाएको युवा तथा व्यवपार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।
बढ्दो सहरीकरण संगै जिवन शैलीमा आएको परिर्वतनले मानव शरिरमा देखापर्ने स्वास्थ्य जोखिमलाई कम गर्न साईकल चलाउन शुरु गरिएको मधु सिग्देलले उत्साहित हुदै बताउनु भयो । पछिलो समय शारिरिक व्यामका लागि साईकल चलाउनेको संख्या बढदै गएको छ । यता कालिका स्वालम्वन सामाजिक केन्द्रका स्वास्थ्य प्रमुख शुभाष रेग्मीले विहानको समय साइकल चलाउनाले शरिरमा भएको मोटापन घटाउन, श्वास प्रश्वास समस्या, मुटु रोग नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  १ : ५२ बजे