२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

विश्वकप फुटबल : पोल्याण्ड विश्वकपबाट बाहिरियो, जापान र सेनेगले बराबरीमा



एजेन्सी, मस्को ।
विश्वकप फुटबलमा इङल्याण्ड अन्तिम १६ मा प्रवेश गर्दा कोलम्बियाले पोल्यान्डमाथि ३–० को सानदार जित हात पारेको छ । यता एसियाको महारथी जापान र अफ्रिकन बलियो राष्ट्र सेनेगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।
कोलम्बियाको जितमा युरी मिना, कप्तान राडामेल फाल्काओ र काउराडोले एकएक गोल गरे । समूह ’एच’ को सोमबार विहान भएको खेलमा पोल्याण्डलाई पराजित गर्दै पहिलो जित हात पारेकोे कोलम्बियाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवित नै राखेको छ । समुह चरणमा एकएक खेल बाँकी रहँदा यस समूहमा जापान र सेनेगलको समान ४–४ अंक छ । कोलम्बियाको ३ अंक भएको छ । २ खेलमा पराजित पोल्यान्ड अंकबिहिन हुँदै प्रतियोगिता बाटै बाहिरिन बाध्य भयो ।
अब अन्तिम चरणमा जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बियाबीच खेल हुनेछ । दोस्रो चरणमा पुग्न जापान र सेनेगललाई बराबरी काफी छ भने कोलम्बियालाई जितको खाँचो छ ।
जापान र सेनेगलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सेनेगलले अग्रता लिए पनि जोगाउन नसक्दा जापानसंग अंक बाड्न बाध्य भयो । उसको लागि साडियो मानेले गोल गरे पनि जापानका टाकासी इनुइले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।
७१ मिनेटमा माउसा वागुइले गोल गरेर सेनेगललाई दोस्रो पटक अग्रता दिलाए । तर ७८ मिनेटमा जापानले दोस्रो पटक बराबरी गोल फर्काउन सफल भयो। होन्डाले गोल गर्दै जापानलाई २–२ ले अघि बढाएका थिए ।
यता आइतबार नै सम्पन्न खेलमा उत्कृष्ट फर्ममा रहेका ह्यारी केनको किर्तिमानी ह्याट्रिकमा इङल्याण्डले पानामा माथि ६–१ को सानदार जित हासिल गरेको छ ।
समूह ’जी’ को खेलमा केनले पहिलो हाफमै को ३ गोल गर्दै ह्याट्रिक पूरा गरे । योसँगै केन जारी विश्वकपमा सर्वा्धिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले २ खेलमा पाँच गोल गरेका हुन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र बेल्जियमका फरवार्ड रोमेलु लुकाकुले ४–४ गोल गरेका छन् ।
केन विश्वकपमा ह्याट्रिक गर्ने तेस्रा इंग्लिस खेलाडी बने । इंग्ल्यान्डले विश्वकपमा ३२ वर्षपछि ह्याट्रिक गरेका हो ।
विश्वकपमा सोमबारबाट समुह चरणका अन्तिम खेलहरु सुरु हुँदै छ । सोमबार आजको पहिलो खेल पौने ६ बजे दुई खेल हुदैछन । जसमा रुस–उरुग्वे र साउदी अरेबीया र इजिप्ट बीच हुनेछ । यस्तै राति पौने १२ बजे एकै समयमा पोर्चुगल र इरान तथा मोरक्को र स्पेन बीचको खेल संगै सुरु हुनेछ ।

यी टोलीमध्ये इजिप्ट, मोरक्को र साउदी अरेबीया विश्वकपबाट बाहिरिसिकेका छन् । आजको खेलमा पोर्चुगल र इरानले बराबरी खेले पनि पोर्र्चुगल अन्तिम १६ मा प्रवेश गर्ने छ भने जित हासिल गरेमा समुह विजेता हुने छ । स्पेनले मोरक्कोलाई पराजित गरेको खण्डमा स्पेन पनि अन्तिम १६ मा प्रवेश गर्ने छ । स्पेन र पोर्चुगल दुबैले जित हासिल गरे समुहको विजेता र उपविजेता बन्ने छन् । रुस र उरुग्वे आफ्ना दुवै खेल जित्दै अन्तिम १६ मा पुगिसकेका छन् । रुस र उरुग्वेले पनि लगातार ३ खेलमा जित हासिल गरी समुह विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ३ : ४३ बजे