२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

एकदिवसीय क्रिकेट श्रृंखलामा इंग्ल्याण्ड सँग अष्ट्रेलिया पराजित



एजेन्सी ।
अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ । पाँचौ तथा अन्तिम खेलमा १ विकेटको जित हात पार्दै इग्ल्याण्डले श्रृंखलाका सबै खेल जितेको हो ।
म्यान्चेष्टरमा भएको खेलमा २ सय ६ रनको लक्ष्य इग्ल्याण्डले ९ बल बाँकी हुँदै ९ विकेट गुमाएर भेट्टाएको हो । इग्ल्याण्डलाई जिताउन जोस बटलरले नटआउट १ सय १० रन बनाए ।
अष्ट्रेलियाका स्टानलेक र रिचार्डसनले तीन–तीन विकेट लिएपनि टिमको जितका लागि त्यो पर्याप्त भएन । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाका लागि ट्राभिस हेडले ५६, आर्कि श्रोटले ४७ र एलेक्स क्यारीले ४६ रन बनाएका थिए । इंग्ल्याण्डका मोइन अलिले ४ विकेट लिए ।

प्रकाशित मिति : ११ असार २०७५ सोमबार ००:००  ३ : ४७ बजे