२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

भाग्यमानी क्रोएसिया र रसिया, डेनमार्क र स्पेन पेनाल्टीमा हारे



मस्को, एजेन्सी ।
क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय र थप गरिएको ३० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३–२ गोलले पराजित गर्न सफल भयो ।
डेनमार्क र क्रोएसियाले पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेका थिए । डेनमार्कले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता १–० गोलको अग्रता बनाएको थियो । डेनमार्कका लागि माथियस जोगिनसेनले गोल गर्दै अग्रता दिलाएका थिए ।
डेनमार्कले गोल गरेको ३ मिनेटपछि नै क्रोएसियाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएको हो । क्रोएसियाका लागि मारियो मान्डजुकिकले गोल गरे । तर बाँकी समयमा भने दुबै टिमले गोल गर्ने एकपछि अर्को राम्रो मौका पाएपनि गोल भने गर्न सकेनन् ।
सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले अब आयोजक रसियासँग प्रतिस्पर्धा गर्नेछ । रसिया पनि पेनाल्टी सुटआउटमा ४–३ गोलले स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको टिम हो ।
रसिया ऐतिहासिक जितसँगै क्वाटरफाइनलमा, स्पेन पेनाल्टीमा पराजित
आयोजक रसिया ऐतिहासिक जितसहित विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रसियाले पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पहिलो पटक पुगेको हो ।
पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे ।
स्पेनका लागि आन्ड्रेस इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे । भने कोक र इयगो अस्पासले प्रहार गरेको बल भने गोलकिपरले बचाउन सफल भए ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुबै टिमले निर्धा्रित ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले थप गरिएको ३० मिनेटमा पनि गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को आक्रमक खेल खेलेपनि गोल गर्न भने चुके ।
पहिलो हाफमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुबै टिमले गोल गर्न सकेनन् । स्पेनले एकपछि अर्को गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।
मस्कोस्थित लुजनिकी रंगशालामा खेलको १२औं मिनेटमा रसियाले आत्मघाति गोल गरेपछि स्पेनले अग्रता बनाएको थियो । स्पेनले प्रहार गरेको बल रसियाका इग्नाशेभिकले रोक्ने क्रममा गोल हुन पुगेको थियो ।
खेलको ४२औं मिनेटमा स्पेनका जेरार्ड पिकेले हातले बल छोएपछि । रसियाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट रसियाका आर्टिम ज्युबाले गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका हुन् । स्पेनले सुरुवाती समयदेखि नै रसियामाथि दबाब बनाई रहेको छ । पहिलो हाफको अन्तिम समयमा स्पेनले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुग्दा स्पेनभने अन्तिम १६ देखि नै बाहिरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ६ : ५७ बजे