२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

स्पेनका खेलाडी इनिष्टाद्धारा अन्तर्रािष्ट्रय खेलबाट सन्यास लिने घोषणा



मस्को, एजेन्सी ।
आइतबार राति भएको स्पेन र रसियाको खेलपछि स्पेनिस लिजेण्ड आन्द्रेस इनिष्टाले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकप फुटबलमा रुससँग पराजित हुँदै स्पेन प्रतियोगिताबाट बाहिरिए लगत्तै मिडफिल्डर इनिष्टाले राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका हुन् ।
इनिष्टाले रसिया विश्वकप अगाडि नै रसियाबाट सन्यास लिने बताइसकेका थिए । इनिष्टाकै सहयोगमा स्पेनले सन् २०१० को विश्वकपको उपाधि उचालेको थियो । ३४ बर्षका भेट्रान इनिष्टाले स्पेनबाट १ सय ३० खेल्दै १३ गोल गरेका छन् ।
पूर्व बार्सिलोनाका खेलाडी इनिष्टा अहिले जापनिज क्लब भिशेल कोवामा आवद्ध भएका छन् ।

प्रकाशित मिति : १८ असार २०७५ सोमबार ००:००  ७ : ०१ बजे