१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गायक मनोज कुमारको “न त चरी भई” को भिडियो सार्बजनिक



मायादेवी अनलाइन ।
कपिलवस्तुका गायक मनोज कुमार खत्रीको नयाँ गीत “न त चरी भई” को भिडियो सार्बजनिक भएको छ । भिडियोमा गायक स्वय्मले अभिनय गरेका छन् भने उनलाई साथ दिएकी छन् मोडल समृद्धि पौडेलले । माधब बेलबासेले उक्त भिडियो सम्पादन गरिरहेका छन् । धन योञ्जन तामाङले क्यामेरा चलाएको भिडियोमा गोदावरी पार्कसंगै ककनी, किर्तिपुरका रमणीय दृश्यहरु कैद गरिएका छन् भने उनलाई साथ दिए का छन् आवेश बज्राचार्य र निक बिष्टले ।

लामो समयपछि आफुले गीत गाएको र अहिले अडियो भन्दा भिडियो नै हेरिने समय भएकाले पनि भिडियोमा आफैं अभिनय गरेको बताउँछन् गायक मनोज । यो गीतमा मनोजले गाउने मात्र नभएर गीतको शब्द समेत लेखेका छन् । भिडियोलाई मनोज के.सी.”समय” ले निर्देशन गरेका हुन् । निर्देशनमा मनोज के.सी. लाई युवराज हुमागाईं (राजन) ले साथ र सहयोग रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ असार २०७५ सोमबार ००:००  २ : १४ बजे