२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

शुद्धोधन गाउँपालिकाको रु.४० करोड ३८ लाख बराबरको बजेट प्रस्तुत, कति लोकप्रिय ?



दीपा महत, कपिलवस्तु ।
कपिलवस्तुका चार गाउँपालिका मध्ये शुद्धोधन गाउपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ । अरु गाउपालिकाले भने अझै बजेट सार्वजनिक गरेका छैनन । शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाले सोमबार तेस्रो गाउँसभामा आयतर्फ ४० करोड अड्तिस लाख बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । जसमा गाउँपालिका तर्फको २ करोड बराबरको आम्दानी सहीत संघीय सरकारबाट ३६ करोड ९५ लाख र प्रदेशबाट १ करोड ४३ लाख प्राप्त भएको छ ।
त्यसैगरी ब्यायतर्फ भौतिक पूर्बाधारमा ९ करोड ५८ लाख, आर्थिक बिकासमा १ करोड ८४ लाख, सामाजिक बिकासमा ३ करोड ३४ लाख, बन बातावरण तथा बिपद ब्यवस्थापनमा ६३ लाख र सेवा प्रबाह, शुसासन एबम संस्थागत बिकासमा १ करोड १० लाख बराबरको रकम बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो ।
प्रस्तुत गरिएको बजेटमा आर्थिक बिकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्ने सकिने, आम्दानी र रोजगारी बढने, स्थानिय जनसहभागिता जुट्ने महिला बालबालिका तथा पिछाडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लौंगिक समानता र सामाजिक समाबेशिकरण अभिबृद्धि हुने खालका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
यस्तै आर्थिक बर्षको बजेट तथा कार्यक्रममा गाउपालिका भित्र शुशासन प्रबद्र्धन गरि बिकास आयोजना एबम कार्यक्रमहरुलाई नतिजामुलक र उत्पादन मुलक बनाउने, सामाजिक आर्थिक रुपमा पछाडी परेका बर्गहरुलाई स्वरोजगार सृजना गरि आत्मनिर्भर तर्फ उन्मुख गराउने, गाउपालिका भित्र रहेका सम्पूर्ण टोल बस्तीको सन्तुलित बिकास गर्ने, बिकासको दृष्टिकोणले पछाडि परेको सम्पस्र्ण बर्ग, समुदायलाई बिकासको मुलधारमा ल्याउने जस्ता उद्देश्य राखिएको छ ।

प्रकाशित मिति : २५ असार २०७५ सोमबार ००:००  २ : ३० बजे