१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

गायिका लम्साललाई किन रोकिएन बाडुल्कि ? (भिडियो सहित )



काठमाण्डौ ।
गायिका सर्मिला लम्साललाई तिज लागेसँगै बाडुल्की रोकिएको छैन । हिन्दु नेपाली नारीहरुको २०७५ को तिज पर्व भित्रिएसँगै आफुलाई बाडुल्कि नरोकिएको भाव गायीका लम्सालले तिजगित मार्फत दर्शाएकी छन् ।
समय सापेक्षित अन्य धेरै लोकगितहरुमा आवाज दिईसकेकी सञ्चारकर्मी समेत रहेकी लम्सालले यसपालीको आफ्नै तिजको कोशेली ‘बाडुल्की’ लिएर आएकी हुन् ।
सर्मिला लम्साल स्वयम र गणेश अधिकारिको स्वर रहेको उक्त गितमा चर्चित मोडल अञ्जली अधिकारी र सुजन कोईरालाले अभिनय गरेका छन् ।

गणेश अधिकारीको लय र शब्दमा रहेको गीतको भिडियोमा स्मृति तिमल्सिनाको निर्देशन, सुरेश श्रेष्ठको छायांकन रहेको छ भने भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस ..

प्रकाशित मिति : २८ असार २०७५ बिहिबार ००:००  ६ : ०७ बजे