२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बाँकेको नेपालगञ्जमा हुँदै



काठमाडौं । प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थलको टुङ्गो लागेको छ । प्रतियोगितामा आउँदो मंसिर २१ देखि २८ सम्म बाँकेको नेपालगञ्जमा हुँदैछ ।

खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मासहित बसेको प्रतियोगिताको मूल आयोजक समारोह समितिको बैठकले प्रतियोगितामा समावेश खेलहरु खेलाउने ठाँउको टुङगो लगाएको हो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लामा हुनेछन् भने केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेछन् ।

बैठकले नेपालगञ्ज रंगशालामा उद्घाटन र समापन गर्ने निर्णय गरेको छ भने त्यसलाई स्तरोन्नति गर्दै ३ महिनाभित्र फोल्डिङ प्याराफिट बनाउने भएको छ । जसमा पुरुष फुटबलसहित एथ्लेटिक्सका विभिन्न स्पर्धा हुनेछन् ।

मूल आयोजक समारोह समितिले गरेको निर्णयअनुसार बाँकेका विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु हुनेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०७५ शुक्रबार ००:००  ९ : ३० बजे