२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

चेल्सी क्लब बिक्रि गर्ने सोचमा मालिक, मूल्य दुई अर्ब पाउण्ड



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोभिचले क्लब बेच्ने मनसाय व्यक्त गरेका छन् । क्लब विक्रि गर्नका लागि उनले न्यू योर्क बैंक रेने ग्रुपलाई जिम्मासमेत दिएको द सन्डे टाइम्सले जनाएको छ ।

बैंकले क्लबको मूल्य दुई अर्ब पाउण्ड तोकेको बुझिएको छ । त्यससँगै चेल्सीले आफ्ना सल्लाहकारहरुलाईसमेत परिचालन गरेको छ ।

बैंकले दुई वर्षअघि चीनको मिडिया शेयर बजारमा म्यान्चेष्टर सिटीको १३ प्रतिशत शेयर २६ करोडमा बिक्रि गरेको थियो ।

तर चेल्सी नयाँ मालिकको खोजीमा रहेको वा शेयर बेच्न खोजेको हो भन्ने स्पष्ट छैन । रुसी व्यापारी रोमन अब्रामोभिचले सन् २०१३ मा १४ करोड पाउण्डमा क्लब किनेका थिए ।

गत मेमा राजनीतिक प्रतिबन्धका कारण अब्रामोभिचलाई स्ट्याम्फर्ड ब्रिजको विस्तार गर्न बेलायत सरकारले अस्वीकार गरेको थियो ।

पछिल्लो समय चेल्सीको प्रदर्शन खराब रहँदै आएको छ । पछिल्लो तीन सिजनमा चेल्सी दुई पटक च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको छ ।

अब्रामोभिचले क्लब लिएपछि प्रिमियर लिगमा दबदबा कायम गरेको चेल्सीको राजलाई पछिल्लो समयमा म्यान्चेष्टर सिटीले तोडेको छ ।

म्यान्चेष्टर सिटीका मालिक शेख मन्सुरका भाई शेख खालेद विन जायदले लिभरपुल किन्नका लागि प्रस्ताव राखेका थिए । उनले राखेको दुई अर्वको प्रस्तावलाई लिभरपुलले क्लब बिक्रीका लागि नभएको भन्दै अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७५ आइतबार ००:००  १२ : १६ बजे