२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अफगानिस्तानले आयरल्याण्ड विरुद्धको खेलमा सिरीज जित्यो



एजेन्सी ।
आयरल्याण्ड विरुद्धको तीन एकदिवसीय खेलको श्रृखंला अफगानिस्तानले ह्वाइटवास गरेको छ । सोमबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पनि अफगानिस्तान २९ रनले विजयी भएपछि सिरीज क्लिनस्वीप गरेको हो ।
आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो । उसका लागि गुल्बादीन नाइबले ६४ रन बनाउदा हस्मतुल्लाह साहिदीले ५४ तथा राहमत शाहले २९ रनको योगदान गरे । यस्तै कप्तान अस्घर अफघानले २५ रन थपे ।
जवाफमा आयरल्याण्ड ४८ ओभर ३ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसकालागि एन्डी बाल्बरीनले ५५, विल्सनले ३८ र केभिन ओब्राइनले २२ रन बनाउदा बाँकी खेलाडी सस्तैमा आउट भएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  २ : २९ बजे