२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आयरल्याण्डले अफगानिस्तानलाई तीन विकेटले हरायो



एजेन्सी ।
आयरल्याण्डले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकालेको छ । बुधबार राति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
जितसँगै ३ एक दिवसीय श्रृंखलामा १–१ को बराबरी गरेको छ । आयरल्याण्ड्सको जितमा एन्ड्रे बालविर्नेले ६०, पौल स्टर्लिङले ३९ रन बनाउँदा सिमी सिंहले नट आउट ३६ रनको योगदान दिए । अफगानिस्तानका रासिद खानले ३ विकेट लिए ।
टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानका नजिबुल्लाह जरदानले ४२, अस्गर अफगानले ३९ रन जोडेका थिए । आयरल्याण्ड्सका टिम मुर्ताजले ४ विकेट लिए ।

प्रकाशित मिति : १४ भाद्र २०७५ बिहिबार ००:००  २ : ४५ बजे