२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

लुका मोड्रीचले जिते युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि



एजेन्सी ।

युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

उनले यो उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पारे ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । क्रोएसियालाई विश्वकप फाइनलसम्म र्पुयाएका मोड्रीचको ठूलो योगदान थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारे मोड्रिचले यो अवार्ड पाउनका लागि ३ सय १३ मत पाएका थिए ।

उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै अवार्ड जिते । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाए । सर्वाेत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको मत गनिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  ३ : ०९ बजे