२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

रोनाल्डोले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने



एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमले खेल्ने आगामी २ खेल नखेल्ने भएका छन् । पोर्चुगलका कप्तान उनले क्रोएसिया विरूद्दको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेल नखेल्ने भएका हुन् ।

आगामी सेप्टेम्बर ७ मा पोर्चुगलले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ भने सेप्टम्बर १० मा इटालीसंग युईएफए नेशन्स लिगमा भिड्दैछ । दुबै खेलका लागि पोर्चुगलले घोषणा गरेको टोलीमा रोनाल्डो परेका छैनन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट १०० मिलियन पाउण्डमा यसै सिजन युभेन्ट्स गएका रोनाल्डोले पोर्चुगलको टिमबाट पछिल्ला २० मैत्रीपूर्ण खेलमा ८ मा मात्र खेलेका छन् । गएको महिना रुस विश्वकपमा ह्याट्रिक गरेका रोनाल्डोले पोर्चुगलबाट १ सय ५४ खेल खेल्दै ८५ गोल गरिसकेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  १ : ३९ बजे