२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेपालले मलेसियालाई १९ रनले हरायो, आइतबार सिंगापुर संग भिड्ने



एजेन्सी ।
एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।

नेपाललाई जिताउन बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए । यसैगरी सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
मलेसियाका अनुवार अनुरिद्दिन र सायद अजिजले ३४–३४ रन बनाए ।

पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धा्रित ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

खराब शुरुआत गरेको नेपाललाई मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उकासेका थिए । शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले महत्वपूर्ण ५४ रन जोडे । दुई जना खेलाडीले अर्धसतकको पारि खेलेपछि धरासायी बनेको नेपालको पारी उकासिएको थियो । ६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गरेका थिए ।
आज पनि नेपालको ओपनिङ अर्डर भने चल्न सकेन् । पहिलो विकेका रुपमा सुवास खकुरेललाई १८ रनको टिम स्कोरमा गुमाएको थियो । सुवास ९ रनमा आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्र नेपालको स्कोर ३८ रन हुँदा ११ रन बनाएर आउट भए ।
तेस्रो विकेटको रुपमा पारस खड्का १३ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौथो विकेट अनिल कुमार साह आउट भए भने त्यसलगत्तै सागर पुन पनि खातानै नखोली पेभेलियनको बाटो लागे ।
सागर पुन आउट हुँदा नेपालको स्कोर ६० रन थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । दीपेन्द्र ५४ रनमा आउट भए ।
छैटौं विकेटको रुपमा दीपन्द्र आउट भए पछि मैदान आएका सोमपाल कामी पहिलो बलमै पेभेलियन फर्किए ।
त्यसपछि मैदान आएका बसन्त रेग्मी र क्रिजमा रहेका आरिफबीच १४ बलमा २७ रनको साझेदारी भएपछि नेपालले निर्धा्रित ओभरमा १८८ रन बनायो । सेजरुल इद्रुस र सार्दुल मुनिड्डेले तीन तीन विकेट लिए । नेपालले भोलि सिंगापुरसँग खेल्ने छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  ४ : ५१ बजे