२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

एसिया कपमा छनोट हुन नेपालको आशा जिवितै, सिंगापुर विरुद्ध दोस्रो जित



मायादेवी अनलाइन ।
नेपालले एसिया कप छनोट हुने सम्भावना जिवितै राखेको छ । सिंगापुर विरुद्ध आज भएको खेलमा ४ विकेटले विजयी भएपछि नेपालको एसियाकपमा छनोट हुने सम्भावना जिवित भएको हो । अब एसिया कपमा छनोट हुन नेपालले तेश्रो तथा अन्तिम खेलमा मंगलबार हङकङलाई फराकिलो अन्तरमा हराउन सके सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । नेपालको जितमा आज सबै खेलाडीले मध्यम प्रदर्शन गर्न सफल रहे ।
ओपनर सुवास खकुरेल र अनिल शाहले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे पछि नेपालले जितको छनक देखाएको थियो । जसमा अनिलले ४३ रन र सुवालले १४ रन जोडे ।
त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का ११ रन जोडेर आउट भए । यता उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडेपछि नेपाल जित नजिक पुगेको थियो । पहिलो खेलमा अर्धशतक पुरा गरेका दीपेन्द्र सिंह ऐरीले सिंगापुर विरुद्ध पनि राम्रो खेले उनले ३३ रन जोड्दा सागर पुनले १४ तथा आरिफ शेखले ४ रनको योगदान दिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सिांपुरले कप्तान चेतन सूर्यवंशीले ६० रनको मद्दतमा ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।

नेपालका लागि स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ३र३ विकेट लिए। सोमपाल कामिले २ र वसन्त रेग्मीले १ विकेट हात पारे । ललित खेलका म्यान अफ दी म्याच घोषित भए ।
अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै पहिलो जित निकालेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७५ आइतबार ००:००  ९ : ०४ बजे