२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

स्पेनिस ला लिगा : हुयस्कामाथि बार्सिलोनाको ८ गोल



एजेन्सी ।
स्पेनिस ला लिगाको यस सिजनको आफ्नो तेस्रो खेलमा बार्सिलोनाले विपक्षीमाथि गोल वर्षा गरेको छ । आइतबार रातिको खेलमा नव प्रवेशी हुयस्कामाथि ८–२ को फराकिलो जित निकाल्न सफल भएको छ । बार्सिलोनाले गोल वर्षा गर्ने क्रममा मेसीले २ (१६ र ६१ मिनेट) र स्वारेजले २(३९ र ९३ मिनेट) गोल गरे।

त्यसपछि डेम्बेले (४८ मिनेट), राकाटिक(५२मिनेट) र अल्बा(८१मिनेट) ले एक–एक गोल गरे । एक गोल हुयस्का पुलिडोले आत्मघाती गोल उपहार दिएका थिए । बढुबा भएर यस सिजनको ला लिगा खेलेको हुयस्काका लागि जुआज क्यामिलो हनाज्डेजले खेलको तेस्रो मिनेटमा र अलेजान्ड्रो फाल्गुराले ४२ औं मिनेटमा गोल गरे ।

जितपछि ३ खेल खेल्दा रियल मड्रिडलाई गोल अन्तरमा पछि पार्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबारको खेलमा लेगानेजविरुद्ध ४(१ बो जित निकाली रियल मड्रिडले पनि ३ खेलबाट ९ अंक जोडेको छ ।

आइतबार भएका ला लिगाका अन्य खेलमा आलाभेजले स्पानियोललाई २–१ र रियल बेटिसले सेभिल्लालाई १–० ले हराए । लेभान्टे र भ्यालेन्सियाले २–२ को बराबरी खेले ।

प्रकाशित मिति : १८ भाद्र २०७५ सोमबार ००:००  २ : ०५ बजे