१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज निजामती दिवसमा देशभर विभिन्न कार्यक्रम गरिदै



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज निजामती दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । देश चलाउन प्रशासन अनि सरकारी रुपमा नियुक्त प्रशासक वा कर्मचारीले दिने सेवाको विशेष दिनको रुपमा आजलाई लिइन्छ । २०६२ सालबाट यस दिवसको शुरुवात भए पनि २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस बनाउन शुरु गरिएको हो ।
यसै अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिदै छ । दिवसकै अवसरमा कपिलवस्तुको वाणगंगामा पनि विहान प्रभातफेरी आयोजना गरिएको छ । इलाका प्रशासन कार्यालय वाणगंगाको अगुवाईमा हुने प्रभातफेरीमा यस क्षेत्रका निजामती कर्मचारी लगायतको उपस्थिती रहने बताइएको छ । निजामती दिवसको अवसरमा आज सरकारले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गर्दैछ ।
हिजो साँझ बसेको मन्त्री परिषद बैठकले निजामती दिवसको अवसरमा आज पुरस्कृत हुने ४० जना निजामती कर्मचारीको नाम समेत टुंगो लगाएको थियो । देशभरका करिब ९० हजार निजामती कर्मचारीबाट ४० जना उत्कृष्ट कर्मचारी छनोट गरिएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ३ : १६ बजे